काठमाडौँ-
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले भासिएको सडक ६ महिनाभन्दा बढी हुँदा पनि सरकार टुलुटुलु हेरेर बसेको बताईन् ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले साँखु–फड्केश्वर सडक खण्ड अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर २ शंखरापुर नगरपालिका- १ नाङलेमा सडक भासिएको ठाउँबाट कुनै पनि बेला पहिरोले त्यसमुनि रहेका गाउँमा क्षति पुग्ने र सवारी साधन खसेर ठुलो जनधनको क्षति हुने सम्भावना रहेको बताइन् ।
सांसद गौतमले भनिन–‘मैले यसरी सांसदबाट सरकारलाई ध्यानाकर्षण गराउँदा पनि त्यहाँको बाटो बन्दैन भने, त्यहाँ कुनै दुर्घटना भयो, जनधनको क्षति भयो, भने म सरकारलाई भन्छु कुनै दुर्घटनाबाट भएको मृत्यु हैन, त्यो राज्यद्वारा गरिएको हत्या हुनेछ । ’