कञ्चनपुर-
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्र एक युवती मृत फेला परेकी छन्। आईतवार बिहान वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।
बिहान योग गर्न जाने मान्छेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती भएको बताइएको छ। केही महिनापहिले उनीहरुले बिहे गरेका थिए।
नगर प्रहरीलाई वडा कार्यालयमा क्वाटर दिइएको थियो। दम्पती त्यहीँ बस्ने गरेका थिए।