आज मितिः २०८३ बैशाख ९ गते

पर्खालले च्यापिएर एकको मृत्यु

मकवानपुर-

खानेपानीको काम गर्ने क्रममा हेटौँडामा शुक्रबार एक जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका–५ सिँचाइटोलका ४० वर्षीय बसन्त महर्जनको ज्यान गएको हो।

काम गर्दैगर्दा इँटाको पर्खाल ढल्न गई पर्खालले च्यापिएका महर्जनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए। खानेपानीको पाइप जोड्ने क्रममा अचानक इँटाको पर्खालले च्यापिएपछि उनी गम्भिर घाइते भएका थिए। महर्जनको उपचारको क्रममा मृत्यु भएको प्रवक्ता भण्डारीले बताए।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.