आज मितिः २०८३ बैशाख १० गते

स्कार्पियोले ठक्करदिंदा दिदीबहिनीको मृत्यु

दाङ-

स्कार्पियोले ठक्करदिंदा दाङमा साइकलमा यात्रा गरिरहेका दिदीबहिनीको मृत्यु भएको छ ।

लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ८ मा प्र ३–०१–०२२ च १३६९ स्कार्पियोले ठक्कर दिँदा प्युठान झिमरुक गाउँपालिका १, गोवडी घर भई हाल राप्ती गाउँपालिका– ८ पिपरी बस्दै आएका ३५ वर्षीय राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले ठक्करबाट घाइते दुवैको उपचारका क्रममा मृत्यु भएको जनाएको हो ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.