चितवन । गायक भुवन थापा मगरको स्वरमा ‘ सानु तिमिलाई ’ गीतको भिडियो गायक मगरको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।
डि पी खनाल / शंकर थापा स्माईलको सब्द तथा संगीत रहेको ‘ सानु तिमिलाई ’ को संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।
वैदेशिक रोजगारमा गएको प्रेमीको पर्खाइमा बसेको प्रेमिकालाई नेपाली समाजमा अन्य पुरुषले माया जालमा पार्न खोज्दा पनि आफुलाई सम्हालेको प्रेमिकाको कथा भिडियोमा देख्न पाईन्छ। अभिनयमा न्यु सागर लामा , बबिता पोख्रेल र आशिस भुजेललाई देख्न सकिन्छ ।
उक्त्त गीतको भिडियोमा सुबिन गोदारको छायांकन ,राकेश दाहालको सम्पादन तथा कलर , कुमार के.सी.को रेकर्डिङ्ग , अशोक महर्जनको मिक्स तथा मास्टरिङ्ग , श्रृङ्गारमा पूर्व लामा ,सुबिन गोदारको सिनेमेटोग्राफर , कोरियोग्राफ रोहित बसेलले गरेका छन भने निर्देशन सुरेन्द्र बसेलको रहेको छ ।
अभिनय , संगीत , सब्द सबैको मिश्रण मिलेको कारण र सम्पूर्ण टिमको अथक मिहिनेत भएको हुदा गीत र भिडियो दर्शक श्रोताले मन पराउनेमा आफु ढुक्क भएको गाएक भुवन थापा मगर बताउछन।
भिडियो हेर्नुहोश –