आज मितिः २०८३ बैशाख ९ गते

हाजिर जमानीमा छुटे बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका तीनजना

काठमाडौं-

बाँसबारी प्रकरणमा पक्राउ परेका उद्योगी/व्यवसायी अरूण चौधरीसहित तीनजना हाजिर जमानीमा छुटेका छन्। सरकारी जग्गा निजी बनाएको मुद्दामा पक्राउ परेका तीनैजना आज हाजिर जमानीमा छुटेका हुन्।

तत्‍कालीन च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक एवं व्यवसायी अरूण चौधरी, बाँसबारी जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर पक्राउ परेका थिए।

तीनै जनालाई आज केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हिरासतमुक्त गरेको छ। उनीहरूलाई सोमबार जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको थियो। न्यायाधीश यज्ञ आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने नदेखिएको भन्दै सोमबारदेखि लागु हुने गरी दुई दिन म्याद थपेको थियो। यो दुई दिनमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न भनिएको थियो।

त्यसअनुसार बुधबार सरकारी वकिल कार्यालयमा हाजिर गराएर तीनै जनालाई छाडिएको हो। दुई दिनमा अनुसन्धान नसकिने भएकाले प्रहरीले उनीहरूलाई हिरासतमुक्त गरेको हो। उनीहरूलाई सिआइबीले गत बुधबार पक्राउ गरेको थियो।

सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.