आज मितिः २०८३ बैशाख ९ गते

हिसान कप माघ २५ देखि , उद्घाटन खेलमा एपेक्स र अर्किड भिड्ने

भरतपुर । चितवनमा माघ २५ गतेदेखि सुरु हुने अन्तर कलेज हिसान कप नाइन ए साइड फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आज (मंगलबार) वाल्मिकी शिक्षा सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो ।

उच्च माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

सार्वजनिक तालिका अनुसार हरेक दिन दुई खेल हुनेछ । २५ गते उद्घाटन खेलमा एपेक्स कलेज र अर्किड स्कुल भिड्नेछन् । उक्त खेल दिउँसो २ बजे सुरु हुनेछ । यस्तै सोही दिन ३ बजे वाल्मिकी शिक्षा सदन र गुरुकुल कलेज भिड्नेछन् । प्रतियोगिताको खेलहरु भरतपुर १० स्थित गेष्ट हाउस चौरमा हुनेछन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले २० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै हरेक विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

कलेज तहदेखि नै फुटबल खेलको बिकास र खेलाडीको खेल कौशल वृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको हिसान चितवनका अध्यक्ष दीपेन्द्र ढकालले बताउनुभयो । चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.