धनुषा-
खानामा विष मिसाएर हत्या अभियोग लागेका फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्।
धनुषाको कमला नगरपालिका–६ बस्ने ५४ को मोहन साह कानु समेतले बुधनी देवीको खानामा विषादी हाली उक्त खाना बुधनी देवीलाई खुवाउँदा उनको मृत्यु भएको थियो। २०५७ माघ ११ गते राति खानामा विषादी हाली उक्त खाना बुधनी देवीलाई खुवाएका थिए ।
मृतक बुधनी देवीको शवको बारेमा कोही कसैलाई जानकारी नगराई बेपत्ता पारी शव दबाई घटनापछि भागेका कानुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी सिंग्याहीमडान धनुषाबाट प्रहरी सहायक निरीक्षक दशरथ प्रसाद यादवको कमाण्डमा खटीएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका कानुलाई ईलाका प्रहरी कार्यालय खजुरी धनुषामा दाखिला गरेकोमा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा शीर्षकमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।