नेपालले कतारलाई ३२ रनले पराजित ग¥यो
वैशाख २, आईतबार, काठमाडौं- एसीसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। नेपालले आज दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको हो। नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७८ रनमात्र बनाउन सक्यो। कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। मोहम्मद अह्नाफले २३, हिमान्शु राथोड २२ र अदनान मिर्जाले १९ रनको योगदान दिए। बलिङमा नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुईदुई, अभिनास बोहरा र कुशल मल्लले एकएक विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१०…