आज मितिः २०८३ आश्विन ३ गते

स्वास्थ्य – खेलकुद

अस्पतालको बहिरङ्ग सेवा बिदामा पनि सञ्चालन गर्न निर्देशन

अस्पतालको बहिरङ्ग सेवा बिदामा पनि सञ्चालन गर्न निर्देशन

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक बिदाको दिनमा अस्पतालले बहिरङ्ग सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएका हुन्। गृह मन्त्रालयले जारी गरेको सूचना सार्वजनिक बिदासम्बन्धी प्रकाशित राजपत्रको सूचनामा सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्थाको उपप्रकरण १०।१ को खण्ड ९न०मा भएको व्यवस्थाअनुसार निर्देशन जारी गरिएको पत्रमा उल्लेख छ। सूचनामा सबै प्रकारका अस्पतालबाट प्रवाह हुने स्वास्थ्यसम्बन्धी सेवा ९बहिरङ्ग सेवासमेत० सार्वजनिक बिदाको दिनमा सञ्चालन गर्नुपर्ने उल्लेख छ। अधिकाङ्श निकायबाट स्वास्थ्यसम्बन्धी सेवा प्रवाह भएको नपाइएको भन्ने जनगुनासो आएको हुँदा…
Read More
बोन म्यारो क्यान्सर पीडित १८ वर्षीय विवेक सिम्खडाको जीवन बचाउन सहयोगको अपिल

बोन म्यारो क्यान्सर पीडित १८ वर्षीय विवेक सिम्खडाको जीवन बचाउन सहयोगको अपिल

चितवन- चितवन जिल्ला कालिका नगरपालिका वडा नं ६ का १८ वर्षीय विवेक सिम्खडाले बोन म्यारो ब्लड क्यान्सर भए पछि आर्थिक अभावका कारण सहयोगको अपिल गरेका छन् । विष्णुप्रसाद सिम्खडा र सावित्री खनाल सिम्खडाका छोरा १८ वर्षीय विवेक सिम्खडा कडा रोग बोन म्यारो ब्लड क्यान्सरबाट पिडित भएका छन् । यस रोगबाट ग्रसित भई त्रिभुवन शिक्षण अस्पतालको अन्कोलोजी वार्ड, बेड नं १५७०७ को सैयामा उनि रहेका छन् । डा। अन्जन श्रेष्ठबाट उपचार भइरहेको र निजको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले १८ वर्षीय विवेक सिम्खडाको जीवन रक्षाको लागि आवश्यक सहयोगको अनुरोध उनका परिवारले गरेका छन् । हालसम्म उपचारमा ५ लाख भन्दा बढी खर्च…
Read More
चितवनको कालिकामा प्रथम मेयरकप व्याडमिन्टन प्रतियोगिता हुने

चितवनको कालिकामा प्रथम मेयरकप व्याडमिन्टन प्रतियोगिता हुने

चितवन -   पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ३ स्थित कभर्डहलमा यही भदौ १५ र १६ गते प्रथम मेयर कप व्याडमिन्टन खुल्ला डबल अन्तर जिल्ला स्तरीय प्रतियोगिता हुने भएको छ । कालिका नगरपालिकाको सहयोगमा कालिका कभर्डहल व्याडमिन्टन व्यवस्थापन समितिले आयोजना गरेको सो कार्यक्रममा ५२ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । आयोजक समितिले मंगलबार प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । मेयर विनोद रेग्मीले उद्घाटन गर्ने सो प्रतियोगितामा दुई समुहमा प्रतिस्पर्धा गराइने छ । समूह वी अन्तर्गत खुल्ला र समूह सी अन्तर्गत छिमेकि नगरका टिमहरुले प्रतिस्पर्धा गर्ने समितिका अध्यक्ष फडिन्द्र लामिछानेले जानकारी दिनुभयो । खेलकुदको विकास र युवाहरुलाई…
Read More
महिला टी-२० विश्वकप यूएईमा हुने

महिला टी-२० विश्वकप यूएईमा हुने

काठमाडौं- आईसीसी महिला टी-२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ ।   बंगलादेशमा हुने भनिएको महिला टी(२० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले जनाएको छ । यसअघि महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो । यसअघि भारतलाई महिला टी२० विश्वकप आयोजनाका लागि प्रस्ताव गरेपनि भारतले अस्वीकार गरेको थियो । अब महिला टी-२० विश्वकप यूएईको दुई शहर दुबई र शारजहामा हुने आईसीसीले जनाएको छ । आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डासले बंगलादेशमा विश्वकप आयोजना गर्न नपाउनु…
Read More
साफ च्याम्पियनसिप फुटबल खेलमा आज नेपाल र श्रीलङ्का भिड्दै

साफ च्याम्पियनसिप फुटबल खेलमा आज नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौ- दक्षिण एसियाली खेलमा २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । उद्घाटन खेलमा आज घरेलु टोली नेपाल र श्रीलङ्का खेल्दैछन् । खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरु हुनेछ ।   नेपालले २० वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । प्रशिक्षक उर्जन श्रेष्ठले तयारी राम्रो रहेको र उपाधि घरमा नै सुरक्षित राख्ने दाबी गरेका छन् । २० वर्षमुनिको साफ च्यापिम्यनशिप भदौ १२ गतेसम्म चल्नेछ ।   प्रतियोगिताको समूह ए मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोगिता सन् २०१५…
Read More
दोश्रो चितवन गोल्डकप अशोज ३ देखि १२ गते सम्म , मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट।

दोश्रो चितवन गोल्डकप अशोज ३ देखि १२ गते सम्म , मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट।

चितवन । भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा असोज ३ गतेदेखि १२ गते सम्म हुने दोश्रो संस्करणको चितवन गोल्डकपको प्रायोजन गोल्डेन ईमिनेन्टले गर्ने भएको छ । आज बिहीबार आयोजक बिएफसी र गोल्डेन ईमिनेन्टबीच मुख्य प्रायोजनको सम्झौता भएको हो । सम्झौता पत्रमा क्लबका तर्फबाट संयोजक धुर्व भुसाल र गोल्डेन ईमिनेन्टका तर्फबाट प्रवन्ध निर्देशक प्रकाश रिजालले हस्ताक्षर गरेका हुन् । प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिता संयोजक धुर्व भुसालका अनुसार ए डिभिजन लिग र नेपाल सुपर लिग एनएसएल खेल्ने टोलीहरु सहित मफोसलका चर्चित क्लबहरु सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी टिमको नाम केही दिनमा सार्वजनिक गरिने भुसालले बताए । प्रतियोगिताका खेलहरु नेपाल…
Read More
क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा २ स्थानमा नगदसहित सम्मानित

क्रिकेटर सन्दीप लामिछाने गृहजिल्ला चितवनमा २ स्थानमा नगदसहित सम्मानित

चितवन ।क्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा सम्मानित भएका छन् । लामिछानेलाई आज (मंगलबार) विभिन्न संस्थाले नगदसहित सम्मान गरेको हो । भरतपुर महानगरपालिकाले पनि लामिछानेलाई नगदसहित सम्मान गरेको थियो । महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले संयुक्त रुपमा लामिछानेलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो । त्यसै गरि लामिछानेलाई चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले पनि नगद एक लाख रुपैयाँसहित सम्मान गरेको छ । आज दिउँसो सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान तथा टी २० अन्तराष्ट्रियमा एक सय विकेट लिएको…
Read More
चितवन जिल्ला लिग : रड्सलाई ३ अंक, युनिक र जि ब्वाईजको बराबरी

चितवन जिल्ला लिग : रड्सलाई ३ अंक, युनिक र जि ब्वाईजको बराबरी

चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज दुई खेल सम्पन्न भएका छन् । भरतपुर ७ कृष्णपुरमा आज भएको पहिलो खेलमा रामपुर फुटबल क्लब रड्सले जित हात पारेको छ । रड्सले हर्दी युवा समाजलाई ३-१ ले हराउँदै तीन अंक जोडेको हो । रड्सलाई जिताउन मनोज थापाले दुई तथा साहिल थापा मगरले एक गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल गरे । हर्दीका सन्तोषले ३० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा रड्स खेलमा फर्कियो । साहिलले ४७ औं मिनेटमा बराबरी गोल फर्काए । मनोजले खेलको ५७ औं तथा ६५ औं मिनेटमा गोल…
Read More
डेंगु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर

डेंगु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर

काठमाडौं-   महानगरपालिका स्वास्थ्य विभाग डेंगु संक्रमण फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न समुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ। नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ। डेंगु नियन्त्रण ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। ‘रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्,…
Read More
भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा

भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा

काठमाडौं- भारत आइसिसी टी–२० विश्वकपको फाइनलमा पुगेको छ। सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको हो।   यो सहित भारत तेस्रो पटक टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको हो। भारतले दिएको १७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६।४ ओभरमा १०३ रनमा समेटियो।​   इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौकासहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए।​ जोनी बेयरस्टो र मोइन अलीलाई पनि पटेलले सस्तैमा पेभेलियनको बाटो देखाए। स्याम करन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.