आज मितिः २०८३ आश्विन १ गते

ताजा अपडेट

राजावादीको प्रदर्शनमा एभिन्युज टिभीका पत्रकार सहित थप १ को ज्यान गयो

राजावादीको प्रदर्शनमा एभिन्युज टिभीका पत्रकार सहित थप १ को ज्यान गयो

१५, चैत, काठमाण्डु । काठमाण्डुमा आज दिउँसो भएको राजावादीहरूको प्रदर्शन अन्तर्गत तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका उनको ज्यान गएको हो । त्यस्तै कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको समेत मृत्यू भएको छ, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार उनलाई घाँटीमा गोली लागेको थियो । दिनभर शहर तनाबग्रस्त भएको भन्दै प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।
Read More
भरतपुरमा स्वास्थ्य शिविर, १ हजार १ सयले लिए सेवा

भरतपुरमा स्वास्थ्य शिविर, १ हजार १ सयले लिए सेवा

भरतपुर : “मानव सेवा नै माधव सेवा” भन्ने मूल नाराका साथ श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा भरतपुर महानगरपालिका वडा नं. २८, जीतपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा साना नानीदेखि जेष्ठ नागरिकसम्म गरी करिब ११०० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। तीमध्ये करिब ८०० जना महिला र ३०० जना पुरुष थिए। सबैभन्दा बढी उमेरकी १०४ वर्षीया पवित्रा देवी गौतम समेत स्वास्थ्य उपचारका लागि शिविरमा उपस्थित भएकी थिइन्। शिविरमा बालरोग, हाडजोर्नी रोग, मनोरोग, क्यान्सर, महिलासम्बन्धी रोग, मुखरोग, दन्तरोग, मुटुरोग लगायतका विभिन्न स्वास्थ्य समस्या भएका बिरामीहरूको उपचार गरिएको थियो। साथै, १४० प्रकारका औषधिहरू निःशुल्क वितरण…
Read More
रत्ननगरका एकल महिलालाई कानुनी सचेतना र साइबर अपराध सम्बन्धि अभिमुखीकरण

रत्ननगरका एकल महिलालाई कानुनी सचेतना र साइबर अपराध सम्बन्धि अभिमुखीकरण

रत्ननगर, चैत ११ । रत्ननगरका एकल महिलालाई कानुनी सचेतना र साइबर अपराध सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगर स्तरिय एकल महिला समन्वय समिति को आयोजना र नगरपालिकाको आर्थिक सहयोगमा सोमबार एकल महिलाहरुका लागि कानुनी सचेतना, सकारात्मक सोच र साइबर अपराध सम्बन्धी १ दिने अभिमूखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा नगर स्तरिय एकल महिला समन्वय समिति सचिव तथा योग प्रशिक्षक गीता अधिकारीले सकारात्मक सोच, ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायक निरिक्षक गोविन्द परियारले साइबर अपराध र नेपाल बार एशोसियसन चितवन अध्यक्ष तथा वरिष्ठ महिला अधिकारकर्मी अधिबक्ता फुलमाया रानाभाटले कानुनी सम्बन्धित प्रशिक्षण दिएका थिए । महिला समन्वय समितिकी…
Read More
चितवनका शिवशिखर सहकारी पीडितले काठमाण्डौमा चैत १७ गते हुने आन्दोलनमा सहभागीता जनाउने

चितवनका शिवशिखर सहकारी पीडितले काठमाण्डौमा चैत १७ गते हुने आन्दोलनमा सहभागीता जनाउने

रत्ननगर, चैत ११ । वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय महाअभियान महासंघले चैत १७ गते काठमाण्डौमा आयोजना गरेको आन्दोलनमा चितवनका शिवशिखर सहकारी पीडितहरुले पनि सहभागिता जनाउने भएका छन् । शिवशिखर बहुउद्देश्यीय संस्था लिमिटेड संघर्ष समिति टाँडीले सोमबार पत्रकार सम्मेलनको आयोजन गरेर काठमाण्डौमा हुने आन्दोलनमा सहभागी हुने जानकारी दिंदै सम्पूर्ण शिवशिखर पिडितलाई सहभागी हुन अपिल समेत गरेको छ । चितवनमा संघर्ष समिति गठन गरेर रकम फिर्ताका लागि प्रयास गरेका पीडितहरुले विभिन्न चरणमा संघर्षको कार्यक्रम गर्दै आइरहेको समितिका अध्यक्ष सुरेसजंग पाण्डेले जानकारी दिए । उनले लामो समयसम्म पनि रकम फिर्ता हुन नसकेका कारण सडक संघर्षमा उत्रनु परेको भन्दै पिडितहरुलाई काठमाण्डौको हुने सडक संघर्ष…
Read More
एसवाई प्यानलद्वारा चेपाङ संरक्षण केन्द्रलाई नगद सहित खाद्यान्न सहयोग

एसवाई प्यानलद्वारा चेपाङ संरक्षण केन्द्रलाई नगद सहित खाद्यान्न सहयोग

रत्ननगर । गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई सोमबार नगद सहित खाद्यान्न सहयोग गरिएको छ । रत्ननगर वडा नं १४ पिठुवामा अबस्थित एसवाई प्यानल लिमिलेडले सामाजिक उत्तरदायित्व बहन गर्दै नगद एक लाख सहित ४ लाखको खाद्यान्न सहयोग गरिएको कम्पनीका निर्देशकहरु अनिल सापकोटाले जानकारी दिए । केन्द्रमा एक औपचारिक कार्यक्रमको आयोजना गरि कप्पनीका निर्देशक ली ह्वाङछुन, निर्दैशकहरु अनिल सापकोटा र अबिरल जिम्बाले केन्द्रका अध्यक्ष केपिकिरण शर्मालाई एक लाखको चेक र खाद्यान्न हस्तान्तरण गरेका थिए । सो कम्पनीले ४ लाख बराबरको चामल, दाल र तेल प्रदान गरेको हो ।सो अबसरमा बोल्दै केन्द्रका अध्यक्ष शर्माले केन्द्र स्थापनाको इतिहासमै एसवाई प्यालनबाट सबै भन्दा ठुलो सहयोग भएको…
Read More
खैरहनीको गवै माविका २१ विद्यार्थीलाई ल्यापटप

खैरहनीको गवै माविका २१ विद्यार्थीलाई ल्यापटप

रत्ननगर - खैरहनी नगरपालिका वडा नं–१३ स्थित गवै माविका २१ जना विद्यार्थीहरुलाई ल्यापटप वितरण गरिएको छ । वडा कार्यालयले सो विद्यालयमा कक्षा ११ मा अध्ययन गर्ने २१ जना विद्यार्थीलाई जनही एक–एकवटा ल्यापटप प्रदान गरेको हो । वडा कार्यालयले विद्यार्थीलाई ल्यापटप प्रदान गर्न ८ लाख रूपैयाँ लगानी गरेको छ ।   सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले ल्यापटप प्रदान गरिएको वडाध्यक्ष कुलप्रसाद भूषालले जानकारी दिए । नयाँ प्रविधिलाई आत्मसात् गरी जीवन उपयोगी शिक्षाका लागि विद्यार्थीलाई ल्यापटप प्रदान गरिएको भन्दै उनले यसलाई अवसरका रुपमा लिएर सदुपयोग गर्न आग्रह गरे । प्रविधिले विद्यार्थीको उज्ज्वल भविष्य निर्धारण गर्ने भन्दै वडाध्यक्ष भूषालले विद्यार्थीलाई…
Read More
रत्ननगरको एमाले पार्टी कार्यालयमा तालाबन्दी

रत्ननगरको एमाले पार्टी कार्यालयमा तालाबन्दी

रत्ननगर । रत्ननगर स्थित एमाले पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल रत्ननगर नगर कमिटीले कार्यालयमा तालाबन्दी गरेको हो । पार्टीकाे विधि विधान विपरित एमाले रत्ननगर नगर कमिटी घाेषणा गरि भरतपुर जिल्ला पार्टी कार्यालयमा सपथग्रहण कार्यक्रम गरेकाे विराेधमा नगर पार्टी कार्यालयमा तालाबन्दी गरिएको हो ।
Read More
लोक संगीतलाई मौलिकता आवश्यक, गायिका सुनार

लोक संगीतलाई मौलिकता आवश्यक, गायिका सुनार

काठमाण्डौ । गीत संगीतको क्षेत्रमा करिब डेढ दशक लामो संघर्ष गरिसकेकी गायिका सुनिता सुनारको स्वरमा सजिएको गीत "बम्बैको सारी" सार्वजनिक भएको छ । गीतमा उनलाई गायक हरि गिरी बिमर्शीले साथ दिएका छन् । एक साता अघी गायिका सुनिता सुनारको आफ्नै यु-ट्युव च्यानल बाट सार्वजनिक उक्त गीतलाई १ लाख भन्दा बढी पटक हेरिएको छ । गीतमा हरि गिरी बिमर्शीको शव्द अनि संगीत रहेको छ भने भिडियोमा रामजी लामिछानेको निर्देशनमा संचिता बोलखे र प्रभात पाल ठकुरीले अभिनय गरेका छन् । विक्रम सम्बत २०५४ सालमा लमजुङमा जन्म लिएकी गायिका सुनिता सुनार २०६४ सालमा चितवन बसाईसराई गरेर आए संगै गीत संगीतमा वाल्य अवस्था देखि…
Read More
सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

सौराहा फुड फेस्टिबल : फुटबलमा रत्नप्रिय र डोरीमा युनाइटेड विजयी

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औं सौराहा फुड फेस्टिबल अन्तर्गत आयोजना गरिएको रेवान कप महिला फुटबल प्रतियोगितामा विहीबार भएको खेलमा सेन्ट्रल कलेज रत्नप्रिय क्लव विजयी भएको छ । जनजागृती क्लव मनहरीलाई ५–६ गोल अन्तरले पराजित गर्दै रत्नप्रिय क्लब विजयी भएको हो । निर्धारित समयमा दुबै टिमबाट कुनैपनि गोल नभएपछि ट्राइबेकरमा नतिजा निकालिएको हो । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने स्वेता क्षेत्री म्यानअफ दी म्याच घोसित भएकी छन् । प्रतियोगिताको विजेतालाई उपाधि सहित ३० हजार र उपविजेतालाई १५ हजार पुरस्कार प्रदान गरिने छ । फेस्टिबल अन्तर्गत विहीबार भएको डोरी तान्ने प्रतियोगितामा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको समुह विजयी भएको…
Read More
रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने

रत्ननगर ९ को करदाता भेटघाट सकियो, अब करदाता शिक्षा गरिने

१ फागुन, रत्ननगर । गत मङ्सिर ५ गते बाट रत्ननगर–९ मा सुरुभएको करदाता भेटघाट तथा घरदैलो कार्यक्रम आज देखि पूर्ण भएको छ । वडा कार्यालयले वडा भित्र रहेका सम्पूर्ण व्यापारी तथा करदाताहरुलाई भेटघाट गरेको थियो । वडा विकासको महत्वपुर्ण कडी नै कर भएको भन्दै रत्ननगर–९ का वडाध्यक्ष अनन्त अधिकारीले करदाताहरुको व्यवसायिक स्थिति तथा कर सम्बन्धी विषयमा करदाताहरुको भावना बुझ्न आफुहरु घरदैलो सम्म नै पुगेको बताउनुभयो । भेटघाटको क्रममा व्यवसायीहरु उत्साहित समेत रहेको उँहाको भनाई छ । भेटघाट तथा घरदैलो सकिए संगै करदाताको लागी दोस्रो चरणमा वडा कार्यालयले करदाता शिक्षा कार्यक्रमको आयोजना गर्ने रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयको सचिव सुर्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.