आज मितिः २०८३ आश्विन ३ गते

ताजा अपडेट

आज कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना 

आज कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना 

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।   बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । महाशाखाका अनुसार देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ।   आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।…
Read More
पौडी खेल्ने क्रममा खोलामा बेपत्ता बालकको  शब फेला

पौडी खेल्ने क्रममा खोलामा बेपत्ता बालकको शब फेला

भरतपुर खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका चितवनका एक  बालक   शव फेला परेको छ । रत्ननगर नगरपालिका–७ पडेरियास्थित बुढीराप्ती खोलामा बिहीबार पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता रत्ननगर–९ निवासी १५ वर्षीय अनमोल लम्सालको शव आज बिहान २ सय मिटर तल फेला परेको हो । शवको मुचुल्का उठाएर परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयो । रत्ननगर–७, पडेरियाको मामाघर आएका लम्साल साथिसंग खोलामा पौडी खेल्न गएका थिए । खोलाले बगाएर लगेको चप्पल ल्याउन जाने क्रममा उनलाई खोलाले २ सय मिटर तल बगाएको थियो । दिउँसो २ः०० बजे बेपत्ता भएका लम्साल…
Read More
तपाईको आज मिति २०८२ साल असार २७ शुक्रबारको राशिफल

तपाईको आज मिति २०८२ साल असार २७ शुक्रबारको राशिफल

  चितवन-   मेष दिन लाभदायक रहेको छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । आफन्तसंग भेटघाट हुनेछ । धर्मकर्म तथा परोपकार कार्यमा मन जानेछ । दिगो कामको लागि जग बसाउन सकिनेछ ।   वृष अरुको फाइदाको लागि उपयोग भईएला । जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । दिनको उत्तरार्ध कार्य क्षेत्रमा प्रगति हुनेछ । टाढिएका साथीभाइसँग भेटघाट हुने समय रहेको छ । मिथुन शुभ कार्य एवं सामाजिक क्षेत्रमा धन खर्च हुनेछ । मध्यान्नबाट गरिरहेका कार्यहरुमा अकस्मात् बाधा आइपर्ने संभावना देखिन्छ । हल्लाको भर पर्दा दुःख पाईनेछ । आफूलाई स्वास्थ्यमा कमजोर भएको अनुभूती हुनेछ । आज अलिक सोचबिचार गरी…
Read More
आज गुरु पूर्णिमा पर्व, विभिन्न कार्यक्रम गरी मनाईंदै 

आज गुरु पूर्णिमा पर्व, विभिन्न कार्यक्रम गरी मनाईंदै 

काठमाडौँ- आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।   ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।   यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ– गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरस्। गुरुस् साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम स् ।।  …
Read More
साउन १ गतेबाट गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा

साउन १ गतेबाट गम्भीर ८ रोगका बिरामीलाई २ लाखसम्मको उपचार सुविधा

काठमाडौं- अब सरकारले क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले दुई लाखसम्मको उपचार सेवा पाउने भएका छन्। स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएकाले पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आठ जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख गरी दुई लाख सुविधा प्राप्त गर्न बताए। ममन्त्री पौडेलले भने, ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्वप्रतिबद्धता अनुसार स्वास्थ्य बीमा कार्यक्रममार्फत दुई लाखको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं।’ आठ…
Read More
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

रोल्पा – रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार तीन दिनअघि गएको सोमवारदेखि उनीहरु सम्पर्कविहीन भएका हुन् । प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौं हरिश माझी, सह–लेखापाल यज्ञप्रसाद कडेल, सव–इन्जिनियर निशा आचार्य र चन्द्र प्रकाश ओलीका साथै अरु कर्मचारी शिव कुमार वली र प्रदीप केसी सम्पर्कविहीन भएका अध्यक्ष मगरले जानकारी दिनुभयो । गाउँपालिकामा रातिको समयमा नेपाल टेलिकमको नेटवर्कमा समस्या हुने भएकाले सोमवार राति प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरले कार्यालयको भुक्तानी गर्न ओपीटी कोटको सहजताका लागि रुकुम पूर्वमा गई कामकाज गर्ने निर्णय गर्नुभएको थियो । तर, त्यहाँ…
Read More
आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने 

आज गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने 

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।   त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य…
Read More
लेदोसहितको बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो

लेदोसहितको बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो

मुस्ताङ- उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो। बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना संम्प्रेषण गरेको छ। बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ। उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी चार सय…
Read More
नागरिक उन्मुक्ति पार्टी पनि गठबन्धन सरकारबाट बाहिरिने

नागरिक उन्मुक्ति पार्टी पनि गठबन्धन सरकारबाट बाहिरिने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले सरकारबाट बाहिरिने निर्णय गरेको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। नाउपाबाट अहिले सङ्घीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन्। पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्ना सांसदहरूको बेइज्जती भएको र सांसदको बेइज्जती पार्टीको हुने भन्दै पार्टीप्रति जनताको विश्वासको अवमूल्यन भएको आरोप लगाएकी थिइन्। उनले अब आफूहरू सदनमा दृढताका साथ प्रतिपक्षको भूमिकामा उभिने समेत बताएकी थिइन्।
Read More
टहरामा ढुंगा खस्दा दिदी-बहिनीको मृत्यु

टहरामा ढुंगा खस्दा दिदी-बहिनीको मृत्यु

सुर्खेत- जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ। बिहीबार बेलुकी ९स्०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए। नियमित पानी परिरहेकाले समस्या भइरहेको उनले जानकारी दिए। नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाले जानकारी दिए। प्रहरीसमेत घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले बताए।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.