आज मितिः २०८३ आश्विन ३ गते

ताजा अपडेट

आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ- आज दिउँसो देशभर साधारणतया बदली रहने छ। महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरीको सम्भावना छ। त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली…
Read More
आज साउने संक्रान्ति, लुतो फाल्दै, पूजा गर्दै मनाईदै

आज साउने संक्रान्ति, लुतो फाल्दै, पूजा गर्दै मनाईदै

काठमाडौं- प्रत्येक वर्ष साउन १ गते मनाइने साउने सङ्क्रान्ति वा कर्कट सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ। माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ। एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन्। परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत…
Read More
आज केही प्रदेशमा हावाहुरी र भारी वर्षाको सम्भावना

आज केही प्रदेशमा हावाहुरी र भारी वर्षाको सम्भावना

काठमाडौं-   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बदली रहने छभने वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने छ। देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरी चल्ने सम्भावना छ।
Read More
ईद अल-अदाहको अवसरमा यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी

ईद अल-अदाहको अवसरमा यूएईको जेलमा रहेका १२० नेपालीले पाए आममाफी

काठमाडौं - ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल-अदाहका अवसरमा विभिन्न घटनामा परेर यूएईको जेलमा रहेका एक सय २० जना नेपाली नागरिकले आममाफी पाएका छन् ।   हरेक बर्ष ईस्लाम धर्मालम्बीहरुको महान पर्व ईद अल(अदाहका अवसरमा यूएई सरकारले सजाय मिनाहा गरी आममाफी दिने गर्दछ।   नेपाली राजदूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै विभिन्न कसुरमा सजाय काटिरहेका नेपालीलाई त्यहाँको सरकारले बाँकी सजाय माफ गरेको जानकारी दिएको छ ।
Read More
पर्वतको कुश्मा सार्वजनिक

पर्वतको कुश्मा सार्वजनिक

३२ असार, रत्ननगर । चितवनमा रहेर कला क्षेत्रमा योगदान गरिरहेका वरिष्ठ सर्जक टिकाराम लामिछानेको नया गीत "पर्वतको कुश्मा" सार्वजनिक गरिएको छ । चितवनकै लोकप्रिय गायक कृष्ण अधिकारी लाई स्वरमा साथ भने लोकप्रिय गायिका मिना लामाले दिएकी छिन । गीतमा टिकाराम लामिछानेको शव्द तथा संगीत रहेको छ । पर्वत जिल्लाको चर्चित स्थानहरुलाई समेटेर तयार भएको गीतको भिडियो "ह्याप्पी मिडिया" को आधिकारिक यु-ट्युब च्यानलमा हेर्न सकिन्छ । गीतको भिडियोमा पर्वत जिल्लाको रमणीय स्थानहरु देख्न सकिन्छ । भिडियोमा कोरस नृत्य अन्जित बोहराको रहेको छ । मुख्य कलाकारको रुपमा टिकाराम शर्मा लामिछाने र सन्ध्या आचार्यले अभिनय गरेको गीतलाई कृष्ण प्रसाद देवकोटाले खिचेका हुन् ।…
Read More
कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भाव

कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भाव

काठमाडौं-   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो देशभर साधारणतया बदली रहने छभने कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ। साथै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ।   देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।…
Read More
बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध

बिपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध

काभ्रे- बिपी राजमार्गका पहिरोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ। गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको हो। यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोलाको लेदो आई गए राति सडक अवरुद्ध भएको थियो। सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आई सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए। उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ। उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो। रातभर…
Read More
आज देशका पाँच प्रदेशमा भारी वर्षाको संभावना 

आज देशका पाँच प्रदेशमा भारी वर्षाको संभावना 

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहदा देशभर साधारण बदली हुनेछ । मनसुनको न्यून चापीय रेखापूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदरस्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।   कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ र देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ।…
Read More
सुनसरीमा गोली प्रहारबाट एक जनाको मृत्यु 

सुनसरीमा गोली प्रहारबाट एक जनाको मृत्यु 

सुनसरी-   सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।   घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ। गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको उनले बताए। गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।   भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ
Read More
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती मनाइँदै

काठमाडौं-   नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म जयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदै छ।   नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म, संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण गर्दै विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाउन लागिएको हो।   विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको इतिहास प्रसिद्ध छ। उनका ‘रामायण’ बाहेक ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता काव्यकृतिहरू नेपाली साहित्यका धरोहर मानिन्छन्।   भाषा, साहित्य र संस्कृतिका माध्यमबाट नेपाललाई एकताको सूत्रमा बाँध्ने भानुभक्तको योगदान अमूल्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.