रोनाल्डो एक महिनाको निलम्बनमा
काठमाडौं- पोर्चुगल फुटबल महासङ्घले कप्तान क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीको शिविर छाडेको घटनामा ३० दिनको निलम्बन र २५५ युरो जरिवाना गर्ने निर्णय गरेको छ। ४१ वर्षीय रोनाल्डोले गत महिना डेनमार्कमा भएको अन्तर्राष्ट्रिय खेलअघि राष्ट्रिय टोलीको शिविर छाडेका थिए। नर्वेविरुद्धको खेलमा बेन्चमै बसेका उनलाई डेनमार्कविरुद्ध अक्टोबर १ मा हुने खेलमा पनि सुरुआती टोलीमा नराखिने जानकारी दिइएपछि उनले शिविर छाडेका थिए। रोनाल्डोले प्रशिक्षक जर्ज जेसुसले दुई पटक आफ्नो वचन तोडेको आरोप लगाउँदै विश्वासको गम्भीर उल्लङ्घन भएको बताएका थिए। उनले आफ्नो व्यवहारप्रति माफी माग्दै सजाय भोग्न तयार रहेको पनि बताएका थिए। पोर्चुगल फुटबल महासङ्घको अनुशासन समितिले रोनाल्डोको पश्चात्ताप, फुटबलमा उनको योगदान र खेलकुदमा हासिल…