अमेरिकाबाट हजारौं नेपाली, होन्डुरस र निकारागुवाली टीपीएस धारकहरू देशनिकालामा पर्ने जोखिम
काठमाडौं - अमेरिकाको एक अदालतले अस्थायी संरक्षित स्थिति ९टीपीएस० अन्तर्गत अमेरिकामा बस्ने अनुमति पाएका नेपालीहरूलाई देशनिकाला गर्न ट्रम्प सरकारलाई अनुमति दिएको छ । नवौं सर्किट कोर्ट अफ अपिल्सले अमेरिकी सरकारलाई नेपाल, होन्डुरस र निकारागुवाका आप्रवासीहरूका लागि अस्थायी संरक्षित स्थिति समाप्त गर्ने निर्णयमा अघि बढ्न अनुमति दिने आदेश जारी गरेको छ। अमेरिकामा टीपीएसअन्तर्गत झन्डै ७ हजार नेपाली बसेका छन्। तीन न्यायाधीशको प्यानलको निर्णयले २०२५ डिसेम्बर ३१ मा सान फ्रान्सिस्कोस्थित संघीय जिल्ला अदालतले दिएको आदेशलाई उल्ट्याएको छ। सो दिन अमेरिकी जिल्ला न्यायाधीश ट्रिना एल। थोम्पसनले डीएचएस ९डिपार्टमेन्ट अफ होमल्याणड सेक्युरिटी० को टीपीएस समाप्त गर्ने निर्णय प्रशासनिक प्रक्रिया ऐन उल्लङ्घन भएको ठहर…