आज मितिः २०८२ फाल्गुन ४ गते

२ लाख ६८ हजार रूपैयाँ घुस लिएको आरोपमा भन्सार अधिकृत सहित ३ जना नियन्त्रणमा

काठमाण्डौ –

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ लाख ६८ हजार २८८ रूपैयाँ घुस लिएको आरोपमा भन्सार अधिकृत सहित ३ जनालाई नियन्त्रणमा लिएको छ।

 

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखा अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र निकिसी शाखाका नायब सुब्बा छविप्रसाद रिजाललाई अख्तियारले नियन्त्रणमा लिएको हो।

 

उनलाई अख्तियारको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

 

उनका अनुसार सहयोगी गणेशप्रसाद र नायब सुब्बा छवि प्रसादको साथबाट स्रोत नखुलेको रकम बरामद भएको हो।

 

उनीहरूको साथबाट २३ थान मोबाइल पनि नियन्त्रणमा लिइएको छ।

 

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.