आज मितिः २०८२ माघ २९ गते

बस तामाकोशीमा बास खस्यो, ६ जनाको मृत्यु सात जनाको उद्धार 

काठमाण्डौ –

 

 

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ ।

 

 

 

काठमाडौंबाट छुटेको बस मंगलबार बिहान रामेछापको मन्थली नगरपालिका-६ स्थित तामाकोशीमा खस्दा ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक सुभाशचन्द्र मण्डलले बताए ।

 

 

 

 

उनका अनुसार सात जनाको उद्धार गरिएको छ । उद्धार कार्य जारी रहेको उनले बताए ।

 

उनले भने, सात जनाको सकुशल उद्धार गरिएको छ । उद्धार कार्य जारी छ ।

 

स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेको उनको भनाइ छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.