आज मितिः २०८३ बैशाख २२ गते

समाचार

स्कारपिओ दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

स्कारपिओ दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत

दाङ- दाङको तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको स्कारपिओ दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा तुलसीपुर–७ श्रीगैँ निवासी ८५ वर्षीय जयबहादुर वली र ८३ वर्षीया धनमाया वली, तुलसीपुर–४ गोठीखोला निवासी ७५ वर्षीय परवीर खत्री र गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईँको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए। तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कारपियो गाडी भारतको तुलसीपुरमा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् भने दुई जना समान्य छन् । गाडीमा सवार सबै यात्रु तुलसीपुरका रहेका जनाउँदै…
Read More
रास्वपा प्रमुख सचेतक परियार चढेको गाडीमा आगजनी

रास्वपा प्रमुख सचेतक परियार चढेको गाडीमा आगजनी

काठमाडौं-   राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन्। बालकुमारीस्थित सीसीआरसी कलेज अगाडि गाडी रोकेर आन्दोलनकारीले जलाइदिएका हुन्। बेलुकी कर्फ्यु लागेपछि परियार भित्री बाटो प्रयोग गरेर भक्तपुरस्थित आफ्नो निवासमा जाँदै थिए। चालक र परियारलाई बाहिर निकालेर प्रदर्शनकारीले गाडी जलाएका थिए।
Read More
भरतपूर अस्पतालको बार्षिकोत्सव : रत्ननगरमा ९८ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

भरतपूर अस्पतालको बार्षिकोत्सव : रत्ननगरमा ९८ जनाको निःशुल्क स्वास्थ्य परिक्षण

रत्ननगर, चैत १५ । भरतपूर अस्पतालको ६९ औं बार्षिकोत्सवको अवसरमा रत्ननगरमा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । अस्पतालले आयुर्वेद तथा वैकल्पीक चिकित्सालय बकुलहरको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो । आयुर्वेद अस्पतालमा गरिएको स्वास्थ्य शिविरमा ९८ जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कृष्ण पौडेलले जानकारी दिए । उनले शिविरमा विशिष्टीकृत नि:शुल्क स्वास्थ्य शिविरको साथै सन्तानको इच्छा पूगेका दम्पतीलाई स्थाईमा पुरुष बन्ध्याकरण र अस्थायीमा अन्य परिवार नियोजनका साधन उपलब्ध गराइएको जानकारी दिए । ५९ जना महिला र ३९ जना पुरुषले स्वास्थ्य परिक्षण गराएको शिविरमा न्यूरो मेडिसिन,फिजियोथेरापी तथा अकुपंचर,नेफ्रोलोजी,स्पाइनल,कार्डियोलोजी,अल्ट्रासान्ड ,युरोलोजी लगायतको सेवा उपलब्ध गराइएको थियो । रत्ननगर नगरपालिकाका मेयर प्रलाद…
Read More
राजावादीको प्रदर्शनमा एभिन्युज टिभीका पत्रकार सहित थप १ को ज्यान गयो

राजावादीको प्रदर्शनमा एभिन्युज टिभीका पत्रकार सहित थप १ को ज्यान गयो

१५, चैत, काठमाण्डु । काठमाण्डुमा आज दिउँसो भएको राजावादीहरूको प्रदर्शन अन्तर्गत तीनकुनेको भवनमा लागेको आगोमा जलेर एभिन्युज टिभीका पत्रकार सुरेश रजकको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका उनको ज्यान गएको हो । त्यस्तै कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको समेत मृत्यू भएको छ, त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार उनलाई घाँटीमा गोली लागेको थियो । दिनभर शहर तनाबग्रस्त भएको भन्दै प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । प्रसाईंले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो ।
Read More
गणतन्त्रवादी र राजावादीको काठमाडौं उपत्यकामा जनप्रदर्शन 

गणतन्त्रवादी र राजावादीको काठमाडौं उपत्यकामा जनप्रदर्शन 

काठमाडौं- गणतन्त्रवादी र राजावादीले आज शुक्रबार काठमाडौं उपत्यकामा जनप्रदर्शन गर्दैछन्। काठमाडौं उत्यकाका विभिन्न ठाउँबाट जुलुससहित भेला भएर सभा गर्ने दुवै पक्षको तयारी छ।   गणतन्त्रवादीको नेतृत्व समाजवादी मोर्चा ९माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा०ले गरेका छन् भने राजावादीहरुको कमाण्ड मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सम्हाल्नेछन्।   दुवै पक्षलाई प्रदर्शन गर्नका लागि अलग–अलग ठाउँ तोकिएको छ। गणतन्त्रवादीलाई सभा गर्न प्रदर्शनीमार्गमा र राजावादीहरुलाई तीनकुनेमा ठाउँ तोकिएको छ।   सुरक्षाका लागि करिब २५ सय नेपाल प्रहरी खटिने बताइएको छ। सादा पोशाकका प्रहरीसमेत परिचालन हुनेछन्। सशस्त्र प्रहरीले पनि करिब १७ सय सुरक्षाकर्मी परिचालन गरिने बताएको छ।   यहीबेला एसईई…
Read More
शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति गठन

शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति गठन

चितवन - शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति बुधबार रत्ननगरमा गठन गरिएको छ । निकट भविष्यमा अधिवेशन गर्ने गरी सम्पूर्ण सदस्यहरुको भेलाले सञ्जु जिसीको अध्यक्षतामा शाही युवा शक्ति नेपाल चितवन तदर्थ समिति गठन गरिएको हो ।     शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य मुकेश देवकोटाको प्रमुख आतिथ्यता, टमिस अम्गाईंको विशिष्ट आतिथ्यता रहेको भेलाले सञ्जु जिसीको संयोजकत्वमा चितवन जिल्ला तदर्थ समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा सज्जन कायस्थ, सुवास गोले, विशाल लामा, सागर घिमिरे, सुजन बगाले, सुजन दंगाल, मेघनाथ न्योपाने, कदम श्रेष्ठ, सम्राटजंग केसी, सुमन सिलवाल, सागन रुपाखेती र सुरज घिमिरे चयन भएका छन् । भेलाले निकट भविष्यमा…
Read More
कालिका ३ को उदाहरणीय कामले स्थानीयमा खुशी

कालिका ३ को उदाहरणीय कामले स्थानीयमा खुशी

कालिका- कालिका नगरपालिका वडा ३ को उदाहरणीय कामले स्थानीयहरु खुशी भएका छन् । वडा अध्यक्ष विरेन्द्र तामाङ र सदस्यहरु निकै सक्रिय रहेको र विकासमा अघि बढेको स्थानीयहरुले बताए । वडा ३ का सडकहरु कालो पत्रे, मन्दिर, गुम्बा र विद्यालयहरुमा भएको प्रगतिले वडावासी खुशी भएका हुन् । वडामा शिव मन्दिर , पेमा छ्योयोइलिङ बौद्ध गुम्बाले आकर्षण थपेको छ भने जनहित राष्ट्रिय माध्यामिक विद्यालयलाई स्तरीय बनाउनमा वडाको ठूलो देन रहेको छ । वडामा ठूलो क्षेत्रमा रहेको कम्पाउण्ड घेरिएको बौद्ध गुम्बाले पर्यटकलाई समेत आकर्षण गरेको स्थानीय रमेश वाईवाले बताए । यता जनहित विद्यालयका भवन, विद्यार्थीहरुको संख्या, शिक्षकहरुको लगनशिलताले स्थानीयहरु बोर्डिङमा भन्दा पढाई कम…
Read More
कुलमानको विषयमा प्रतिपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

कुलमानको विषयमा प्रतिपक्षीले मागे प्रधानमन्त्रीको जवाफ

काठमाडौं-   कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको बिषयमा प्रतिपक्षीले प्रधानमन्त्रीको जवाफ मागेका छन् ।   राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटीपिटी रोएको टिप्पणी गरे। एक जनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाइ थियो। प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरी जसलाई भन्यो त्यसैलाई नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे। सरकारले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राखेर प्रतिपक्षी दलहरुले आज संसद्‍का दुवै सदन अवरुद्ध गराएका छन्। प्रधानमन्त्री ओलीले भने विपक्षी दलहरूको मागबमोजिम संसद्मा गएर जवाफ नदिने अडान लिएका छन्…
Read More
भारतीय महिला सर्लाहीको एक गेस्ट हाउसमा मृत फेला

भारतीय महिला सर्लाहीको एक गेस्ट हाउसमा मृत फेला

सर्लाही-   भारतीय  एक महिला सर्लाही सदरमुकाम मलंगवा–९ स्थित बालमन्दिर चोकको ताज गेस्ट हाउसमा मृत फेला परेकी छन्। दिल्लीस्थित उत्तरपूर्वी सुदामापुरीकी २८ वर्षीय आरती कुमारी बुधवार दिउँसो गेस्ट हाउसको कोठामा पासो लगाएको अवस्थामा भेटिएकी हुन्। गेस्ट हाउसका कर्मचारीहरूले बिहान १० बजे खाना खाएपछि कोठामा गएकी आरती लामो समयसम्म बाहिर ननिस्किएपछि शंका गर्दै झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार हरिवन नगरपालिका–११ का मो। सेराज नामक व्यक्तिले चैत ११ गते गेस्ट हाउसको कोठा नं। १०९ आफ्नो नाममा बुक गरी ती महिलासँग बस्दै आएका थिए। उनी पछिल्ला तीन दिनदेखि आरतीलाई भेट्न गेस्ट हाउस आइरहेका थिए। उनी…
Read More
भरतपुरमा स्वास्थ्य शिविर, १ हजार १ सयले लिए सेवा

भरतपुरमा स्वास्थ्य शिविर, १ हजार १ सयले लिए सेवा

भरतपुर : “मानव सेवा नै माधव सेवा” भन्ने मूल नाराका साथ श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा भरतपुर महानगरपालिका वडा नं. २८, जीतपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा साना नानीदेखि जेष्ठ नागरिकसम्म गरी करिब ११०० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका थिए। तीमध्ये करिब ८०० जना महिला र ३०० जना पुरुष थिए। सबैभन्दा बढी उमेरकी १०४ वर्षीया पवित्रा देवी गौतम समेत स्वास्थ्य उपचारका लागि शिविरमा उपस्थित भएकी थिइन्। शिविरमा बालरोग, हाडजोर्नी रोग, मनोरोग, क्यान्सर, महिलासम्बन्धी रोग, मुखरोग, दन्तरोग, मुटुरोग लगायतका विभिन्न स्वास्थ्य समस्या भएका बिरामीहरूको उपचार गरिएको थियो। साथै, १४० प्रकारका औषधिहरू निःशुल्क वितरण…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.