आज मितिः २०८३ असार ५ गते

समाचार

कांग्रेसका चार मन्त्रीको राजीनामा

कांग्रेसका चार मन्त्रीको राजीनामा

९ साउन, चितवन । बागमती प्रदेशका चार मन्त्रीले राजीनामा दिएका छन् । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन,  संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । राजीनामा दिने मध्येका एक  मदुकुमार श्रेष्ठ ले भने,'हामी मुख्यमन्त्री बहादुरसिंह लामाको विपक्षमा छौँ । इन्द्रबहादुर बानियाँलाई संसदीय दलको नेता बनाउन हामीले राजीनामा दिएका हौँ ।' उनले १ वर्ष पुगेपछि सरकारमा हेरफेर गर्ने पहिलेकै सहमतिअनुसार आफूहरूले राजीनामा दिएको पनि दाबी गरे । 'हामी बहादुरसिंह लामा नेतृत्वको सरकारमा छौं । तर पनि इन्द्रबहादुर बानियाँले लामाविरुद्ध अविश्वासको प्रस्ताव हालेर दलको नेता हुन खोज्नु…
Read More
क्रिप्टो कारोबार गर्दै आएका तीन जना पक्राउ

क्रिप्टो कारोबार गर्दै आएका तीन जना पक्राउ

काठमाडौं - क्रिप्टो कारोबार गरेको आरोपमा चार लाख रुपैयाँ सहित तीन जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेहरुमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ का ३१ वर्षीय फुर्वा साङ्गे शेर्पा, खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ का ३१ वर्षकै दीपक दर्नाल र धनकुटाको महालक्ष्मी नगरपालिका–८ का ३१ वर्षकै भीमबहादुर तामाङ छन् ।     पक्राउ परेकाहरुविरुद्ध अभौतिक मुद्राको कारोबार गर्न नहुने सम्बन्धी कसुरमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ ।     उनीहरुले वैदेशिक रोजगारीमा विदेश जान लागेका व्यक्तिलाई लक्षित गर्दै आर्थिक प्रलोभन देखाउँदै बैंक खाता खोल्न लगाउने र ती खाता दुरुपयोग गर्दै ठगीको रकम कारोबार गरेको पाइएको परिसरका…
Read More
धनगढीका वरिष्ठ वन अधिकृत ७ लाख भन्दा बढी घुससहित रंगेहात पक्राउ

धनगढीका वरिष्ठ वन अधिकृत ७ लाख भन्दा बढी घुससहित रंगेहात पक्राउ

काठमाडौं - कैलालीस्थित डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख रुपैयाँभन्दा बढी घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ । आयोगका अनुसार यादवले कैलाली जिल्लाको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगड्डी गरिएको काठसम्बन्धी बिमर्का ९बिवरणपत्र० र छोडपूर्जी दिने प्रक्रियामा सेवाग्राहीसँग घुस माग गरेका थिए । त्यसै उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ७ लाख ३१ हजार घुससहित नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ, आयोगका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार यादवलाई अख्तियारको टोलीले सोमबार डिभिजन वन…
Read More
देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

देवघाटमा विद्युतीय शवदाह सञ्चालनमा आउने

चितवन- पवित्र धार्मिक तीर्थस्थल देवघाटमा सात वर्षअघि निर्माण थालिएको विद्युतीय शवदाह भवनको निर्माण कार्य सम्पन्न भएको छ। विद्युत् र मेसिन जडानसँगै आगामी भदौदेखि शवदाह पूर्ण रूपमा सञ्चालनमा आउने भएको हो। विक्रम संवत् २०७५ माघ ३ गते निर्माण थालिएको शवदाह भवन पटक(पटक मिति थप हुँदै अहिले सम्पन्न भएको हो। मिलिनियम सिद्धगढी जेभीले ठेक्का पाएको शवदाह भवन सघन सहरी तथा भवन निर्माण कार्यालय भरतपुरले निर्माण गरेको हो। कार्यालयका प्रमुख झपटबहादुर थापाका अनुसार साउनभित्रमा शवदाह भवनको बाँकी काम सम्पन्न गरी भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ। भवनको निर्माणसम्पन्न भए पनि यसमा विद्युत् जोड्ने, शवदाहको मेसिन जडान, प्रविधिलाई तालिमलगायतको काम बाँकी रहेको उनले जानकारी…
Read More
चितवन कारागारबाट छुट्ने भन्दा थपिने बढी

चितवन कारागारबाट छुट्ने भन्दा थपिने बढी

चितवन- कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ। विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो। कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका छन्। यस्तै, सोही समयमा ६७२ जना छुटेको उनले जानकारी दिए। उनका अनुसार थपिएका कैदीबन्दीमध्ये १५० जना नवलपरासी बर्दघाट–सुस्ता पूर्वका हुन् भने अन्य चितवनका छन्। गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १४५ जना छ। यस्तै, उपचारका लागि विभिन्न कारागारबाट आउने कैदी छ जना रहेको उनले जानकारी दिए। उक्त…
Read More
रौतहटका पत्रकार रवीन्द्रको झुण्डिएर मृत्यु, मेयरको धम्कीपछि तनाव

रौतहटका पत्रकार रवीन्द्रको झुण्डिएर मृत्यु, मेयरको धम्कीपछि तनाव

जनकपुरधाम - रौतहटका पत्रकार रबिन्द्र प्रजापतिको आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् । झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बुझिएको छ । ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ । पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाकधम्की खेपिरहेका थिए । खानेपानी समस्या सम्बन्धी समाचार लेखेका कारण उनलाई केहीदिन अगाडि मेयर जयसवालले धाकधम्की दिँदै गालीगलौज गरेका…
Read More
लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

लुम्ले क्षेत्रमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको छ । विभागले आज बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भनेको हो। विभागले थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुनसक्ने रहेकाले थप सचेतना अपनाउन आग्रह गरेको छ। यसअघि विभागले यस्तै सूचनामार्फत लमजुङको भुजुङ वर्षामापन केन्द्र र वरपरका क्षेत्रमा पनि सावधानी अपनाउन आग्रह गरेको थियो। यस्तै, विभागले आज बिहान ५.३० बजे अर्को सूचना जारी गर्दै इलामको कन्काई,…
Read More
आज २०८१ साउन ४ गते आईतबार यस्तो रहेको छ राशिफल मेष- दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ। ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ। प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ। व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ। बृष - धनागमको सङ्केत छ। शरीर फूर्तिलो भएको महसुस हुनेछ। परिणाममुखी काममा लगानीको समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। मिथुन - नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्ये धनलाभ हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कर्कट - आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। गरेका कामबाट राम्रै लाभ हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। पढाइमा प्रगति हुनेछ। सिंह-…
Read More
देशका केही भूभागमा ठूलो पानी पर्ने

देशका केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको…
Read More
आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाण्डौ- आज दिउँसो देशभर साधारणतया बदली रहने छ। महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरीको सम्भावना छ। त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै उच्च पहाडी तथा हिमाली…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.