आज मितिः २०८३ असार ५ गते

समाचार

उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा जोड

उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउनुपर्नेमा जोड

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ उपत्यका सङ्घीय राजधानी एवं सांस्कृतिक विविधता र सम्पन्नतायुक्त क्षेत्र भएकाले यहाँको यातायात व्यवस्थापनलाई सहज र सुविधायुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।   आज ललितपुरमा आयोजित काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजना परियोजनाको रणनीतिक वातावरणीय मूल्याङ्कनसम्बन्धी सरोकार भएकाहरूको बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला समेटिएको काठमाडौँ उपत्यका नेपालको आर्थिक, सांस्कृतिक र प्रशासनिक गतिविधिको केन्द्र रहे पनि यहाँको यातायात प्रणाली अव्यवस्थित रहेको बताए। उपत्यकाको यातायात प्रणालीलाई व्यवस्थित बनाउन निर्णायक कदम चाल्नुपर्ने उनको भनाइ छ।   सन् २०१२ मा बनेको र सन् २०१७ मा अद्यावधिक गरिएको पछिल्लो गुरुयोजनायता यातायातको अवस्था बिग्रिनुका साथै बढ्दो…
Read More
रुपन्देही उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

रुपन्देही उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं - निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ।   आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो।   आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ। आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ।   असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। कात्तिक १७ गते बिहान ७ देखि अपराह्न…
Read More
आज केही प्रदेशमा भारी वर्षा हुने सम्भावना

आज केही प्रदेशमा भारी वर्षा हुने सम्भावना

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ।   महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिमलगायत पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।   त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ। मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगका भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।   सम्भावित…
Read More
आज साउन १५, खीर खाएर मनाइँदै

आज साउन १५, खीर खाएर मनाइँदै

काठमाडौं- आज साउन १५ गते नेपालमा खीर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ।   संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन्।   “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ। धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो। यो स्वास्थ्यका…
Read More
भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

  भेरी नदीमा पानीको सतह बढेको जनाउँदै जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्तक रहन आग्रह गरेको छ। भेरी नगरपालिका–१ रिम्ना जाजरकोटमा रहेको भेरी रिम्जलमापन केन्द्रमा पानीको वहाब बढेको सूचना आएको प्राप्त भएपछि प्रशासनले तटीय क्षेत्रमा सतर्क रहन भनेको हो। जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले भने, ‘जलसतह बढ्दो क्रममा भई खतरा तह आसपास रहेकाले नदी तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ, नदीको किनारमा रहेका बस्तीका स्थानीयवासीलाई सर्तक रहन आग्रह गरिएको छ। प्रहरीलाई पनि यसबारे खबर गरिएको छ।’ डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि पानीको सहत केही बढेकाले सर्तक रहन आग्रह गरेको बताए।  
Read More
आज नाग पञ्चमी पर्व, परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै

आज नाग पञ्चमी पर्व, परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै

काठमाडौं- नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूल ढोकामा टाँसेर मनाइँदै छ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। घरको मूल ढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। बराहपुराणमा उल्लेख भएअनुसार साउन शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ। नागलाई विष्णु र शिवका रूपमा…
Read More
नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको नेतृत्वमा एल्भिस रञ्जित

नेपाली उद्यमी मञ्च ललितपुर च्याप्टरको नेतृत्वमा एल्भिस रञ्जित

  काठमाडौं नेपाली उद्यमी मञ्च–ललितपुर च्याप्टरले आफ्नो चौथो वार्षिक साधारण सभा शुक्रबार, असार २७, २०८२ मा दि प्लाजा, पुलचोक मा सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा अध्यक्ष पदको जिम्मेवारी मिस नितु श्रेष्ठबाट मिस्टर एल्भिस रञ्जितलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो । उक्त साधारण सभामा मञ्चका सदस्यहरू, साझेदारहरू, शुभेच्छुकहरू तथा उद्यमशील क्षेत्रका प्रमुख व्यक्तित्वहरू सहभागी भएका थिए ।कार्यक्रमले विगत वर्षको उपलब्धिहरूको उत्सव मनाउनुका साथै नयाँ नेतृत्व टोलीलाई स्वागत गरेको थियो । पछिल्लो कार्यकालमा युवा उद्यमशीलता, नवप्रवर्तन र नेतृत्व विकास सम्बन्धी च्याप्टरले सञ्चालन गरेका पहलहरूलाई सभामा प्रस्तुत गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि सुमना श्रेष्ठ, प्रतिनिधि सभाकी सांसद तथा पूर्व शिक्षा,…
Read More
चितवन शारीरिक सुगठन तथा फिटनेश संघद्वारा सल्लाहकार चयन तथा स्वागत   भरतपुर-

चितवन शारीरिक सुगठन तथा फिटनेश संघद्वारा सल्लाहकार चयन तथा स्वागत  भरतपुर-

भरतपुर- चितवन शारीरिक सुगठन तथा फिटनेश संघद्वारा सल्लाहकार चयन तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । चितवन शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन शारीरिक सुगठन तथा फिटनेश संघका उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । चितवन शारीरिक सुगठन तथा फिटनेश संघको शनिबार बसेको विशेष बैठकले संघको सल्लाहकारहरु चयन गर्ने निर्णय गरेको संघका सचिव बीरबहादुर रानाले जानकारी दिनुभयो । दिनेश राजभण्डारी प्रमुख सल्लाहकार रहेको सल्लाहकार समितिमा प्रलाद सापकोटा, राकेशमान श्रेष्ठ, भीमबहादुर घले, राजेन्द्र गुरुङ, तजेन्द्र कुँबर, श्याम न्यौपाने, लाल बहादुर राय, अन्तोष बमजन र प्रेस सल्लाहकारमा पत्रकार राजु भट्ट रहनु…
Read More
आज केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने, तराई/मधेशमा हावाहुरी

आज केही प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने, तराई/मधेशमा हावाहुरी

काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।   हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।   आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती, गणडकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने…
Read More

सौराहामा अल डे डाइनिङ रेस्टुरेन्ट माझीघरूको शुभारम्भ, चौविसै घण्टा रेष्टुरां सेवा 

चितवन- पर्यटकीय नगरी सौराहामा रोयल ट्युलिप चितवनद्वारा अल(डे(डाइनिङ रेस्टुरेन्ट ूमाझीघरूको शुभारम्भ भएको छ । लुभर होटल्स ग्रुप अन्तर्गत केटिएम हस्पिटालिटीद्वारा सञ्चालित एक लक्जरी ५(तारे रिसोर्ट, रोयल ट्युलिप चितवनले आज आफ्नो नयाँ अल(डे(डाइनिङ रेस्टुरेन्ट “द माझीघर” को सौम्य शुरुवात ९सफ्ट ओपनिङ० को घोषणासगैं शुभारम्भ गरेको हो । सौराहमा रहेको यो रिसोर्टको आगमनले यस क्षेत्रमा भोजन र आतिथ्य सत्कारको नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ । माझी र थारु समुदायको समृद्ध सांस्कृतिक परम्पराबाट प्रेरित ‘माझीघर’ ले न्यानो र आमन्त्रित वातावरण प्रदान गर्ने केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहले बताउनुभयो । पाहुनाहरूले स्थानीय विभिन्न प्रकारका परिकारहरूको आनन्द लिन सक्छन्। स्थानीय संस्कृति र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.