श्रीमती र छोराको हत्या गरेपछि एक प्रहरीले गरे आत्मसमर्पण
दाङ- श्रीमती र छोराको हत्या गरेपछि एक प्रहरी जवानले आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरे पछि उनले आत्मसमषर््ण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङले विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ। नेपालगञ्जबाट श्रीमती आएकी छन् भनेर विक शनिबार राति कार्यालयबाट बिदा मागेर गएका थिए। त्यस राति विक परिवारसहित घोराहीको सहिद गेटस्थित सुपरलज होटलमा बसेका थिए। आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।…