नेपाल इको प्यानलको आज कोरा भक्तपुर हुँदै
भक्तपुर- नेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदै नेपाल इको प्यानलको मुख्य प्रायोजन तथा साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज साउन ५ गते कोरा भक्तपुर हुँदैछ। ुपैदल र पेडल मैत्री शहरु भन्ने मुख्य नाराका साथ हुन थालेको कोरा भक्तपुरमा देशका विभिन्न जिल्लाहरूबाट साथै विदेशबाट हजारौं साइकलिस्टहरूले सहभागिता जनाउँदै छन्। भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले आज साउन ५ गते शनिबारका दिन हुने कोरा भक्तपुर साइकल यात्रामा एक हजार जना सहभागीले नाम दर्ता गरिसकेका छन्। साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाका अनुसार च्यालेन्जमा १०० जना भन्दा बढी महिला सहभागीले नाम दर्ता गराइसकेका छन्। अध्यक्ष बालाका अनुसार यो पटकको कोरा…