चितवन-
चितवन सेवा समाज बहराइनद्धारा राप्ति(१३, कालिटारस्थीत राष्ट्रिय आधारभुत विद्यालयलाई प्रिन्टर हस्तान्तरण गरिएको छ । चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको आयोजनामा विहिबार विद्यालयका प्रधानाध्यापक दिपक कुमार श्रेष्ठलाई १ थान प्रिन्टर हस्तान्तरण गरिएको हो ।
कार्यक्रम संस्थाका द्धितीय उपाध्यक्ष ईश्वर राज अधिकारीको अध्यक्षतामा संचालन गरिएको थियो । प्रमुख अतिथि निवर्तमान अध्यक्ष समिर के।सी विशेष अतिथिमा संस्थाका संस्थापक अध्यक्ष मुक्ति प्रसाद अधिकारी, चितवन सेवा समाज बहराइनका महासचिव सूर्य भण्डारी, संस्थाका सल्लाहकार विदुर केसी, संस्थाका सल्लाहकार सिता ढकाल, चितवन सेवा समाज साइप्रसका अध्यक्ष सवी थापा, चितवन सेवा समाज कुवेतका पूर्व अध्यक्ष तथा गल्फ संयोजक नविन लोप्चनले बहराईनलाई धन्यवाद ज्ञापन गरेका थिए ।
संस्थाका महिला उपाध्यक्ष प्रभा शर्मा, कोषाध्यक्ष सीता अधिकारी ,सह कोषाध्यक्ष अन्जु ढकाल, सदस्य इन्दिरा पौडेल तथा सदस्य शुसिला अधिकारीले शुभकामना व्यक्त गरेका थिए ।
राष्ट्रिय आधारभूत विद्यालय कालिटार राप्ति(१३, चितवन जिल्लाको बिकट ठाउँ कालिटार भन्ने ठाउँमा अबस्थीत छ त्यस विद्यालयमा कक्षा १ देखि ८ सम्म कक्षा सन्चालन छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या जम्मा २३१ रहेको छ सबै विद्यार्थी चेपाङ् जनजातीका त्यस विद्यालयमा फोटोकपी मेसिन नभएकोले प्रिन्टर उपलब्ध गराईएको बहराईनले जनाएको छ ।
संस्थाका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले प्रवासमा पसिना बगाएर आफ्नो जिल्लामा भइ परि आउने धेरै समस्यामा सहयोग गर्दै आइरहेको ,आर्थिक सहयोग मात्र नभइ जुन ठाउँमा जुन चिजको आवश्कता छ त्यही चिजको सहयोग गर्नु पनि राम्रो कुरा भएको बताउनु भयो ।
संस्थाका सल्लाहकार विदुर केसीले लामो समयदेखी यस चितवन सेवा समाजले विभिन्न भई परिआउने समस्यामा परेका होस या बाढी पहिरोमा परेकालाइ खाद्यान्न, माडीको चेपाङ बस्तीलाई ह्वील चियरदेखि विद्यार्थिहरुलाई कपडा तथा स्टेशनरी सामान दिने तथा जुनसुकै कुरामा विदेशी दाताहरुले गरेको सहयोग जस्ताको तेस्तै हस्तान्तरण गर्नै, आएको रकमको सही सदुपयोग गरेको बताउनु भयो ।
प्रिन्टर हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिपक कुमार श्रेष्ठले प्रवासमा विभिन्न कठिनाईको बाबजुद पनि दुर्गम ठाउँमा अबस्थित विद्यालयलाइ आवश्यक परेको प्रिन्टर उपलब्ध गराइदिनु भएकोमा यस चितवन सेवा समाज बहराइनलाइ विशेष धन्यबाद दिनु भयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यपक दिपक कुमार श्रेष्ठले विद्यालयको प्रशासनिक कार्यमा ठुलो टेवा पुग्ने बताउनु भयो ।
समितिका कार्यलय सचिव निरु अधिकारीद्धारा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष समिर के।सीले प्रवासमा रहेका प्रवासीहरुले जेनतेन गरी रकम संकलन गरेर पठाएको सामानको सहि सदुपयोग गरी विद्यालयको कार्यगति छिटो छरितो र सहज होस र विद्यार्थिहरुको उज्वल भविष्यको कामना गरे ।
त्यस्तै संस्थाका द्धि।उपाध्यक्ष ईश्वर राज अधिकारीले संस्थाको हितको लागि प्रवासमा छरिएर रहनु भएका यस संस्थासंग आबद्ध देशहरुलाइ सधै साथ र सपोर्ट गरिदिनु हुन अनुरोध गरे ।