आज मितिः २०८३ बैशाख १७ गते

ब्रेकिङ न्यूज

घुमाउने बस दुर्घटनामा १७ जना घाइते

घुमाउने बस दुर्घटनामा १७ जना घाइते

चितवन- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो ।   बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । दुर्घटनामा घाइते १५ जनालाई उपचारका लागि भरतपुर पठाइएको उहाँले बताउनुभयो । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते नभएका यात्रुलाई अन्य बसमा काठमाडौं…
Read More
आज यी प्रदेशमा भारी वर्षा हुने

आज यी प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौं- आज देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानमान महाशाखाले जानकारी दिएको छ। आज आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ। राति भने कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा…
Read More
रामेछापको पहिरोमा ६ जनाको मृत्यु

रामेछापको पहिरोमा ६ जनाको मृत्यु

रामेछाप- रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कवस्तीमा गएको पहिरोमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीया चण्डिका श्रेष्ठ र उनका २ वर्षका छोरा आयुष रहेको प्रहरीले जनाको छ। पहिरोमा परी ४ जना अझै बेपत्ता छन्। मृतक अन्य ४ जनाको पहिचान खुल्न सकेको छैन। पहिरोले ४ वटा घर बगाएको थियो। एउटा पक्की पुल पनि बगाएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोली खटिएको छ।
Read More
सुनकोशी नदीमा गाडी खस्दा तीनजना बेपत्ता

सुनकोशी नदीमा गाडी खस्दा तीनजना बेपत्ता

काठमाण्डौं- खोटाङको हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको गाडी मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको कुँडुले नजिकबाट शनिबार साँझ सुनकोशी नदीमा खस्दा तीन यात्रु बेपत्ता भएका छन्। एक जना भने हामफालेर घाइते छन्। सिन्धुली प्रहरीका अनुसार गाडीमा सवार ४ मध्ये नदीमा खस्दा तीन यात्रु बेपत्ता भएका हुन्। हामफालेर जोगिएका भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका २७ वर्षीय सुशान्त कक्षपतीले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए। कक्षपतीको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा उपचार भइरहेको छ । सुनकोशीमा खसेर बेपत्ता हुनेहरुमा भक्तपुर सूर्यविनायक नगरपालिका जगातीका वर्ष ३२ का चालक अविन बडे, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा रहेका छन्। बेपत्ताको खोजतलासको लागि सशस्त्रको गोताखोर परिचालन गरिएको छ।…
Read More
दुबई भिजिटमा आएर काम गर्नको लागि सिप र अनुभव अनिवार्य चाहिन्छ-  कृष्ण प्रसाद न्यौपाने

दुबई भिजिटमा आएर काम गर्नको लागि सिप र अनुभव अनिवार्य चाहिन्छ- कृष्ण प्रसाद न्यौपाने

हाल दुबईमा भिजिट भिषामा प्रबेश गर्ने क्रम तीब्र रहेको छ । भिजिटमा आएर कामको खोजिमा रहेका युवाहरु बर दुबईको ठूला महलको भित्र साँगुरीएको बेड स्पेसमा मोवाईलबाट कमिसनको कुरा गरि रहेको पाईन्छ । देशमा वेरोजगारको चपेटा र महङ्गीको मारमा परेका सयौं युवाहरु कसरी हुन्छ देश छोड्नमा नै व्यस्त छन् । जाने बुझेका र हातमा सिप भएकाहरु दुबई अत्यन्तै राम्रो गन्तव्य मानेर प्रबेश गरेका र हातमा भएको सिपलाई सदुपयोग गर्दै राम्रो तलवमा काम गरेको पाईन्छ । यहाँ उमेर र सिपको ठूलो महत्व रहेको पाईन्छ । कम्प्यूटरको ज्ञान, क्यासियर, अकाउण्टेन, सेल्स मेन, ड्राईभिङ, सेक्यूरीटि, कुक, वेटर, हाउस किपिङ यहाँको महत्वपूर्ण कामहरु हुन् ।…
Read More
बस दुर्घटनाका मृतक सबैको शव परीक्षण चितवनमा हुने

बस दुर्घटनाका मृतक सबैको शव परीक्षण चितवनमा हुने

चितवन- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ। पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो। उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताए। मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ। आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति…
Read More
आज विरुडा पञ्चमी, सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

आज विरुडा पञ्चमी, सुदूरपश्चिममा गौरा पर्व मनाइँदै

कञ्चनपुर-   सुदूरपश्चिममा आजदेखि मौलिक पर्व गौरा मनाईंदै छ। भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न ९मास, कलौँ, गहत, गहुँ र गुरुस० भिजाएर बिरुडा बनाउने चलन छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ। गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ। पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने जानकार गोमती भट्टले बताए। “एक महिना अघिदेखि नै…
Read More
भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो

भारतीय बस मर्स्याङ्दी नदीमा खस्यो

तनहुँ - तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ । पोखराबाट काठमाडौंका हिडेको बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ । तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको छ । दुर्घटनाको कारणबारे खुलि सकेको छैन ।
Read More
सहकारी छानबिन समितिले छवि र रविलाई सोधपुछका लागि बोलायो

सहकारी छानबिन समितिले छवि र रविलाई सोधपुछका लागि बोलायो

काठमाडौं-   गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका छविलाल जोशी र रास्वपाका सभापति तथा सांसद रवि लामिछानेलाई सोधपुछका लागि संसदीय छानबिन समितिले बोलाएको छ। लामिछानेभन्दा पहिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका छविलाल जोशीलाई सोधपुछमा बोलाइएको समिति सचिवालयले जानकारी दिएको छ। स‍हकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि आज शुक्रबार उपस्थित हुन भनेको हो। पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा समितिले सोधपुछका लागि आज शुक्रबार दिउँसो २ बजे उपस्थित हुन भन्दै पत्राचार गरिएको समिति सचिवालयले जनाएको छ।
Read More
अब नेपालमा टिकटक खुल्ला हुने

अब नेपालमा टिकटक खुल्ला हुने

  काठमाडौं- नेपालमा अब भिडियो सेयरिङ प्ल्याटफर्म टिकटक खुल्ला हुने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा लगाइएको प्रतिबन्ध खुल्ला गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो। टिकटकलाई ३ महिनाभित्रमा विभिन्न मापदण्ड र प्रक्रिया पूरा गर्न पनि सरकारले निर्देशन दिने भएको छ। सरकारले टिकटक खुला गर्ने निर्णय गरेसँगै यो चल्न थालेको छ। गत वर्ष असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। नेपाली समाजको सामाजिक सद्भाव बिगारेको भन्दै टिकटकमा प्रतिबन्ध लगाइएको थियो। सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गत मंसिर ५ मा सबै रिटको एकसाथ प्रारम्भिक सुनुवाइ गरी तत्काल कुनै ‘अपूरणीय क्षति नहुने’…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.