आज मितिः २०८३ बैशाख १७ गते

ब्रेकिङ न्यूज

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा प्रथम जिल्ला स्तरिय हरितालिका तीज गीत प्रतियोगिता

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा प्रथम जिल्ला स्तरिय हरितालिका तीज गीत प्रतियोगिता

चितवन : चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालको आयोजनामा प्रथम हरितालिका तीज गीत प्रतियोगिता होटल गंगोत्री सौराहा रत्ननगर नगरपालिका ०१, टाँडीमा गर्ने भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गर्न लागीएको उक्त कार्यक्रम समय सान्दर्भिक विषय “प्रवास र प्रवासीको  भावनासँग केन्द्रित ” शिर्षकमा तीज गीत प्रतियोगिता  गर्न लागीएको छ । देश तथा विदेशमा छरिएर रहनुभएका  चितवनका दिदिबहिनीलाई मध्यनजर गर्दे उनिहरुमा भएको प्रतिभाको खोजी गर्ने , कला तथा संस्कृतिका जगेर्ना गर्ने , र चितवन जिल्लाभरीका नारीहरुलाई एकआपसमा भेटघाट तथा परिचयात्मक कार्य गर्ने उद्देश्यका साथ तीज गीत प्रतियोगिता गर्ने लागेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपालका अध्यक्ष…
Read More
राजनीतिका कारण नेपालमा व्यवसाय गर्ने वातावरण नै छैन – रमेश महोत्रा

राजनीतिका कारण नेपालमा व्यवसाय गर्ने वातावरण नै छैन – रमेश महोत्रा

-दुबईको बर दुबईमा नेपाली, ईण्डियन र चाईनिज खानाको परिकार पाईने शान्त वातावरणमा चिटिक्क परेको रेष्टुरेण्ट रहेको छ जसको नाम हो द ब्लु कार्ट रेष्टुरेण्ट । नेपालीको चहल पहल हुने मिना बजार नजिकै रहेको द ब्लु कार्टमा संञ्चालक तीन मध्ये एक रमेश महोत्रा सधै रेष्टुरेण्टमा भेटिन्छन् । एसएलसि सम्मको अध्ययन पछि भारतको एक गेष्ट हाउसमा वेटरको काम गर्न पुगेका रमेशले ४ बर्ष भारतमा नै विताए । सन् २००० मा २३०० भारुबाट काम गरेका उनले उति बेला राम्रो आम्दानी गरेको बताउँछन् । उनि नेपाल गए लगतै अर्काे देश जाने सोच बनाए । अध्ययन र मध्यम रकमका कारण खाडी नै उनको रोजाईमा प¥यो…
Read More
दोरम्बा पहिरोमा ८ जनाले ज्यान गुमाए

दोरम्बा पहिरोमा ८ जनाले ज्यान गुमाए

रामेछाप-   रामेछापको दोरम्बा लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको संख्या आठ पुगेको छ । यही भदौ ९ गते बिहान गएको पहिरोमा परी चार घर बगाउँदा हराइरहेका १० मध्ये मंगलबारसम्म आठजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिएका छन् । मंगलबार एक महिलाको बायाँ गोडाको पैतालाको भागमात्र भेटिएपछि हराइरहेका आफन्तसँग अनुसन्धान गर्दा नङ पालिस लगाएको बाङ्गो औंलाका आधारमा आफ्नी हराइरहेकी श्रीमती बिन्दा पहरीको भएको उनका श्रीमान् कुमार पहरीले पहिचान गरेका थिए । गत शनिबार राति परेको अविरल वर्षाका कारण सो गाउँपालिकाको वडा नम्बर–३ लेखर्कमा पहिरोमा परेर ११ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये एकजनालाई जीवितै…
Read More
चितवनको कालिकामा प्रथम मेयरकप व्याडमिन्टन प्रतियोगिता हुने

चितवनको कालिकामा प्रथम मेयरकप व्याडमिन्टन प्रतियोगिता हुने

चितवन -   पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ३ स्थित कभर्डहलमा यही भदौ १५ र १६ गते प्रथम मेयर कप व्याडमिन्टन खुल्ला डबल अन्तर जिल्ला स्तरीय प्रतियोगिता हुने भएको छ । कालिका नगरपालिकाको सहयोगमा कालिका कभर्डहल व्याडमिन्टन व्यवस्थापन समितिले आयोजना गरेको सो कार्यक्रममा ५२ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् । आयोजक समितिले मंगलबार प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । मेयर विनोद रेग्मीले उद्घाटन गर्ने सो प्रतियोगितामा दुई समुहमा प्रतिस्पर्धा गराइने छ । समूह वी अन्तर्गत खुल्ला र समूह सी अन्तर्गत छिमेकि नगरका टिमहरुले प्रतिस्पर्धा गर्ने समितिका अध्यक्ष फडिन्द्र लामिछानेले जानकारी दिनुभयो । खेलकुदको विकास र युवाहरुलाई…
Read More
पेट्रोल खन्याएर चितवनमा एक पुरुषले गरे देहत्याग

पेट्रोल खन्याएर चितवनमा एक पुरुषले गरे देहत्याग

चितवन- चितवन भरतपुर महानगरपालिका–३ लंकुमा एक पुरुषले आफ्नै शरिरमा आगो लगाएर देहत्याग गरेका छन् ।   बारा गढीमाई नगरपालिका–४ घर भइ हाल भरतपुर–३ लंकुस्थित सन्तोष जैसवालको घरमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय राजावाबु जैसवालले शरिरमा पेट्रोल खन्याएर आगो लगाई देहत्याग गरेका हुन् ।   उनले सोमवार दिउँसो साढे १ बजेको समयमा आफु सुत्ने कोठामा कोही नभएको अवस्थामा आफैले आफ्नो शरीरमा पेट्रोल खनाइ आगो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगो लागेर गम्भिर घाइते भएका उनलाई उपचारको लागि चितवन मेडिकल कलेज पु¥याइएको थियो । थप उपचारको लागि सोमवार बेलुका ५ बजे उनलाई गण्डकी प्रदेश०४–००१ च ००२३ नम्बरको…
Read More
काठमाण्डौंमा स्नुकर सञ्चालकको हत्या

काठमाण्डौंमा स्नुकर सञ्चालकको हत्या

काठमाडौं- शंखमूलस्थित द टाइम पास स्नुकर एन्ड खाजा घर सञ्चालक रूपक बान्तबाको हत्या भएको छ । गए राति उनलाई आफ्नै घरमा हतियार प्रहार भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनलाई टाउकोमा गम्भीर चोट लागेर सोफामा ढलेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको खाजा घरबाट गएराति एक युवक हतारिँदै भागेका थिए । त्यतिबेला सोमबार बिहान १ बजेर ५० मिनेट भइसकेको थियो । युवक भागेको देखेपछि एक जना महिलाले प्रहरीलाई फोन गरेर घटनाको जानकारी दिएकी थिइन् ।   प्रहरी वृत्त बानेश्वरको प्रहरी टोली केही मिनेटमा नै घटनास्थलमा पुगेको थियो । ४० वर्षीय रूपक बान्तवा स्नुकरको सोफामा पल्टिरहेका भेटिए । उनको टाउकोमा चोट लागेको थियो ।…
Read More
सिँचाइपोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

सिँचाइपोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

खोटाङ- हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ। च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको छ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सोमबार साँझ सिँचाइपोखरीमा डुबेर मृत्यु भएको हो। दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो। बेलुका पौने छ बजे फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवैजनाको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिए। घटना भएको जानकारी पाएलगत्तै प्रहरी चौकी च्यास्मिटारबाट प्रहरी सहायक निरीक्षक जबरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली खटिएका…
Read More
पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता

पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता

काठमाण्डौं- अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए। भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरेपनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ । उहाँहरुले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ”, प्रवक्ता गुरुङले भने । एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले…
Read More
आज श्रीकृष्ण जन्माष्टमी, कृष्णमन्दिरमा पूजा आराधना गरी मनाउँदै

आज श्रीकृष्ण जन्माष्टमी, कृष्णमन्दिरमा पूजा आराधना गरी मनाउँदै

काठमाण्डौं- आज ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो। कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले…
Read More
घुमाउने बस दुर्घटनामा १७ जना घाइते

घुमाउने बस दुर्घटनामा १७ जना घाइते

चितवन- चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप्रप्र ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान ७ः१५ बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो ।   बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । दुर्घटनामा घाइते १५ जनालाई उपचारका लागि भरतपुर पठाइएको उहाँले बताउनुभयो । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते नभएका यात्रुलाई अन्य बसमा काठमाडौं…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.