आज मितिः २०८३ बैशाख १६ गते

ब्रेकिङ न्यूज

चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ

चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ

इनरुवा- जिल्ला प्रहरी कार्यालयले चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ ।   उक्त कार्यालयका अनुसार धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो ।   अभियुक्तहरूलाई बिहीबार सार्वजनिक गर्दै प्रहरी नायब उपरीक्षक रामचन्द्र तिमिल्सिनाले उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको बताउनुभयो । रासस  
Read More
मृत भेटिए दम्पती, घटना शंकास्पद

मृत भेटिए दम्पती, घटना शंकास्पद

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–१ विनाबारीका ४५ वर्षीय रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीय कमल बिछ्यौनामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशप्रसाद जोशीका अनुसार दुवै जनालाई आज बिहान मृत फेला पारिएको हो । त्यसबारे स्थानीयले प्रहरीलाई बिहान खबर गरेका थिए । “घटना शङ्कास्पद छ, उनले भने, “मृतको शरीरमा धारिलो हतियार प्रयोग भएको डाम देखिएको छ, घटनास्थलमा रगत पनि देखिएकाले अनुसन्धान थालिएको छ ।
Read More
देशको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना

देशको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना

काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ । यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी ‘डाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए । “समुन्द्री आधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बङ्गालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो । भारतको उडिसा र पश्चिम बङ्गालमा पनि यसको प्रभाव परेको छ”, उनले भने।
Read More
लक्की साँगीतिक साँझ २०८१ कात्तिक १७ गते

लक्की साँगीतिक साँझ २०८१ कात्तिक १७ गते

चितवन मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनले लक्की साँगीतिक साँझ २०८१ गर्ने भएको छ । ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ शुभदीपावलीको अवसर पारेर उक्त कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा चर्चित गायिका लोक दोहोरी क्षेत्रकी सुमधुर स्वरकी धनी बरिष्ठ लोक तथा दोहोरी गायिका शिला आले, लोक तथा दोहारी गायक नेत्र जी पन्त , लोक तथा दोहोरी गायिका सरिता श्रेष्ठ गुरुङ, गायिका सम्झना श्रेष्ठ लगायत चर्चित गायकरगायिकाहरुको साथमा कार्यक्रम गरिने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीुले जानकारी दिनुभयो । नेपाली गीत संगीतको संरक्षण र जगेर्ना गर्ने उद्धेश्य सहित हरेक बर्ष लक्की साँगीतिक साँझ…
Read More
स्तन क्यान्सर विजेता बीच जमघट तथा अन्तरक्रिया कार्यक्रम

स्तन क्यान्सर विजेता बीच जमघट तथा अन्तरक्रिया कार्यक्रम

चितवन। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्तन क्यान्सर विजेताहरुले हिजो अनुभव साटासाट गरेका छन् ।  स्तन क्यान्सर सचेतना महिना (अक्टोबर) को अवसरमा आयोजित “स्तन क्यान्सर विजेता जमघाट तथा अन्तक्र्रिया कार्यक्रम” मा उनीहरुले आफ्नो अनुभव एक अर्कामाझ साटासाट गराएका छन् । कार्यक्रममा राष्ट्रिय सभाका निवर्तमान सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले आफू पनि स्तन क्यान्सर प्रभावित रहेको भन्दै आफ्नो अनुभव सुनाउनुभयो । उहाँले शुरुवातमा पोलेको जस्तो भएर नेपालका विभिन्न ठाउँमा परीक्षण गराउँदा समेत पहिचान हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो “नेपालमा पहिचान हुन नसकेपछि दिल्ली गएँ, त्यहाँ पनि पहिलोपटक पहिचान हुन सकेन, १० दिनपछि पुनः परीक्षण गर्दा…
Read More
चितवनमा ट्रक र ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवनमा ट्रक र ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते

चितवन- चितवनको टिकौली जंगलमा गएराति दुई वटा ट्रक र एउटा ट्यांकर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घट्नामा दुई जना घाइते भएका छन् । एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।   मंगलवार राति ११ः२० बजेको समयमा टाँडीबाट नारायणगढतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको लोड ट्रक र नारायणगढबाट टांडीतर्फ जाँदै गरेको ना८ख ८६७४ नम्बरको खाली ट्याङकर एक आपसमा ठोक्किएका थिए । ट्याङकर पछाडि ना६ख ४६२४ नम्बरको ट्रक ठक्कर पनि ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।   तीन वटा सवारी साधन आपसमा ठोक्किँदा मधेश प्रदेश ०३–००२ ख १४३९ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिका–२…
Read More
बिहीबार रातिसम्म केही स्थानमा बर्षाको संभावना

बिहीबार रातिसम्म केही स्थानमा बर्षाको संभावना

काठमाण्डौं-   हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू(भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। राती कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू/भागमा आंशिक…
Read More
सुनको मूल्य दैनिक बढ्यो

सुनको मूल्य दैनिक बढ्यो

काठमाडौं- नेपाली बजारमा आज फेरि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ। योसँगै स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो। केही दिनयता दैनिक रुपमा सुनको मूल्य बढेर कीर्तिमान हुँदै आएको छ।
Read More
बोन म्यारो ब्लड क्यान्सर पिडीत विवेक सिम्खडालाई सहयोग रकम हस्तान्तरण

बोन म्यारो ब्लड क्यान्सर पिडीत विवेक सिम्खडालाई सहयोग रकम हस्तान्तरण

कालिका नगरपालिका वडा नं. ०६ बोन म्यारो ब्लड क्यान्सर पिडीत १८ वर्षिय विवेक सिम्खडाको उपचारको लागि संकलित रकम हस्तान्तरण गरिएको छ। कालिका नगरपालिका वडा नं. ०६ लालचोक निवासि १८ वर्षिय विवेक सिम्खडा विगत ३ महिना देखि  बोन म्यारो ब्लड क्यान्सर (Stage 2 Acute Leukemia) बाट पीडित लाई कार्तिक ०४ गते उहाँकै निवासमा सहयोग रकम हस्तान्तरण गरिएको हो । भरतपुर १२ मा रहेको चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समिति नेपाल विभिन्न १२ देशसँग आबद्ध रहि चितवन वासिहरुलाई विभिन्न माध्यमद्धारा आर्थिक तथा भौतिक रुपमा सक्दो सहयोग गर्दै आएको छ । विदेशमा अलपत्र अवश्थामा रहेका नेपालीहरु वा नेपाल आउन नसकेका शवहरुलाई यस समाजबाट…
Read More
तीन नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

तीन नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौं-   पार्टी कार्यालय निर्माणका विषयमा असहमति राख्ने तीन जना नेतालाई नेकपा ९एमाले० ले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। आइतबार बसेको पार्टी सचिवालयको बैठकले भवन निर्माणका विषयमा असहमति राख्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। त्यस्तै लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको भन्दै पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ। ‘पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पार्टी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिनुभएकोमा उहाँहरूले के कति कारणले उहाँहरूले त्यसप्रकारका गतिविधि गरिराख्नुभएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ बैठकपछि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.