सिंगापुरविरुद्ध ऐतिहासिक जित, दर्शकमा छायो खुसी
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमले शुक्रबार सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ । सिंगापुर नेसनल स्टेडियममा भएको खेलमा नेपालले सिंगापुरलाई १/० ले हरायो । नेपाल र सिंगापुरको खेल हेर्न स्टेडियममानेपाली दर्शकहरुको उपस्थिति थियो । नेपालले जित्दा सिंगापुरमा रहेका नेपाली समर्थकहरू खुशीमा रमे । नेपालका लागि जिलेस्पी जंग कार्कीले निर्णायक गोल गरे ।