आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसुन थप सक्रिय भएसँगै देशभरका विभिन्न स्थानमा वर्षा भइरहेको छ । आइतबारसम्म मनसुन सक्रिय हुने छ । महाशाखाले बिहीवार साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको थियो । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ ९नेपाल नजिक० अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने महाशाखाले जनाएको हो । मनसुनी वायुको प्रभावले आजदेखि असार १६ गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ ।…