आज मितिः २०८३ आश्विन ११ गते

ब्रेकिङ न्यूज

आज पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने

आज पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने

काठमाडौँ-   जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   विभागका अनुसार आज कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।   त्यस्तै राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी ,बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र…
Read More
घरआँगनमै सेवा दिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका

घरआँगनमै सेवा दिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका

काठमाण्ढौं-   ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले नागरिकको घरआँगनमा सेवा प्रवाह गर्दै आएको छ। स्थानीय सरकारको अनुभूति गराउन गाउँपालिकाले नागरिकका घरमा पुगेर सेवा दिन थालेको हो। जनप्रतिनिधि, कर्मचारी र स्वास्थकर्मीको टोलीले नागरिकका घरमा पुगेर स्वास्थ्य जाँच गर्ने र आवश्कताअनुसार उपचारका लागि परामर्श दिने गरेका फक्ताङलुङ गाउँपालिका(२ खेजिनिमका वडाध्यक्ष भूपेन्द्र चौँलागाईँले बताए। ुमंगलबार बिहानदेखि स्वस्थ्य परीक्षण र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका छौँ, फक्ताङलुङ गाउँपालिका(२ खेजिनिममा दुई सयजना सामाजिक सुरक्षा भत्ता पाउने नागरिक छन्, बिहीबारसम्ममा काम सकाउनेगरी गाउँ डुल्दैछौँु, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए। कार्यक्रम विषेशगरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई…
Read More
आज राष्ट्रिय झण्डा आधा झुकाइने

आज राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं- सरकारले आज बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ। बुधबार बिहान त्रिभुवन विमानस्थलमा पोखरा उडेको सौर्य एयरको नाइनएन( एएमईरसिआरजे २०० कलसाइनको जहाज दुर्घटना भएको थियो। उक्त जहाजमा पाइलट र को(पाइलट सहित १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। पाइलट मनीष शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ। यस्तै सरकारले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। रतिश चन्द्रलाल सुमनको संयोजकत्वमा गठित समितिमा ५ सदस्य रहेका छन्। समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका…
Read More
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनु भएकाप्रति हार्दिक श्रद्धाञ्जली

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनु भएकाप्रति हार्दिक श्रद्धाञ्जली

निरु अधिकारी /चितवन,९ साउन २०८१   सौर्य एयरलाइन्सको विमान दुर्घटनाले उद्दार परिवारलाइ स्तब्ध बनाएको छ । दुर्घटनामा ज्यान गुमाउनु भएका सौर्य एयरमा कार्यरत (१८ जना) प्राविधिकहरू सहित चालक दलका सदस्य सम्पूर्णमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै परिवारजनमा समवेदना प्रकट गर्दछौ। घाइते हुनुभएका पाइलट एम.आर. शाक्यको शीघ्र स्वास्थलाभको कामना । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । पछिल्लो विवरणअनुसार १८ जनाको शव निकालिएको छ । विमान चालक मनिष रत्न शाक्यको भने उद्धार गरिएको छ । उनको सिनामंगलस्थि केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको  छ । शाक्य झन्डै २०१४ देखि सौर्य एयरलाइन्समा आबद्ध रहेका चालक…
Read More
नेपालमा बढ्यो डेंगु, ७३ जिल्लामा १५ सय ५७ जनामा संक्रमण

नेपालमा बढ्यो डेंगु, ७३ जिल्लामा १५ सय ५७ जनामा संक्रमण

काठमाडौं-   पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेंगु सङ्क्रमण बढ्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार छ सय ५७ जनामा डेंगुको सङ्क्रमण देखिएको छ। यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएकाले मनसुनको समयमा लामखुट्टेको प्रजनन अवस्था अनुकूल बन्नसक्ने र डेंगुको सङ्क्रमण पनि बढ्नसक्ने आँकलन गरिएको उनले बताए। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको जानकारी दिए। सबैभन्दा बढी काठमाडौँ जिल्लामा एक सय ९६ जनामा डेंगु देखिएको छ। त्यसपछि झापामा एक सय २८ र चितवनमा ९२ जनामा सङ्क्रमण…
Read More
बालकुमारी कन्या माविमा गुरुहरुको सम्मान गरी गुरु पुर्णिमा मनाइयो

बालकुमारी कन्या माविमा गुरुहरुको सम्मान गरी गुरु पुर्णिमा मनाइयो

निरु अधिकारी/चितवन चितवन- बालकुमारी कन्या माध्यमिक विद्यालयका भूत पूर्व विद्यार्थीहरुको संगठन (बागसान)को आयोजनामा गुरु पूर्णिमा मनाईएको छ । कोपिला गूरुङको अध्यक्षतामा गुरु पूर्णिमाको अवसरमा गुरुहरुको सम्मान कार्यक्रम गरिएको हो। आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा व्यास पूर्णिमा भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरुको महान पर्वका रुपमा यसलाई श्रद्धापुर्वक मनाउने गरिन्छ । आफुलाई शिक्षा /दिक्षा दिने गुरुहरुप्रति श्रद्धा प्रकट गर्दै यस दिनलाई मनाउने चलन छ । मानव जीवनमा गुरुको महिमा असाध्यै रहेको हुन्छ । जीवनको अज्ञानरुपी अन्धकारलाई हटाई ज्ञानरुपी प्रकाश प्रदान गर्ने गुरुको महिमा र श्रद्धा प्रकट गर्ने दिन परापूर्वकालदेखि चल्दै आएको आषाढ महिनाको शुक्ल पक्षको पुर्णिमालाई गुरु पूर्णिमा वा…
Read More
नेपाल इको प्यानलको आज कोरा भक्तपुर हुँदै

नेपाल इको प्यानलको आज कोरा भक्तपुर हुँदै

भक्तपुर- नेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदै नेपाल इको प्यानलको मुख्य प्रायोजन तथा साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज साउन ५ गते कोरा भक्तपुर हुँदैछ। ुपैदल र पेडल मैत्री शहरु भन्ने मुख्य नाराका साथ हुन थालेको कोरा भक्तपुरमा देशका विभिन्न जिल्लाहरूबाट साथै विदेशबाट हजारौं साइकलिस्टहरूले सहभागिता जनाउँदै छन्। भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले आज साउन ५ गते शनिबारका दिन हुने कोरा भक्तपुर साइकल यात्रामा एक हजार जना सहभागीले नाम दर्ता गरिसकेका छन्। साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाका अनुसार च्यालेन्जमा १०० जना भन्दा बढी महिला सहभागीले नाम दर्ता गराइसकेका छन्। अध्यक्ष बालाका अनुसार यो पटकको कोरा…
Read More
आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र…
Read More
बागमती प्रदेशका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत नदिने

बागमती प्रदेशका मुख्यमन्त्रीलाई कांग्रेसले विश्वासको मत नदिने

काठमाण्डौं- नेपाली कांग्रेस वाग्मती प्रदेशको कार्यसम्पादन समितिको ललितपुरमा सम्पन्न बैठकले वाग्मती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ। नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राख्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न कांग्रेस बागमती प्रदेशसभा संसदीय दललाई निर्देशन दिने निर्णय गरेको प्रदेशसभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामाले जानकारी दिए। मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम छ। नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का पाँच जनाले सामूहिक रुपमा राजीनामा दिएपछि मुख्यमन्त्री जम्कट्टेलको सरकार अल्पमतमा परेको छ।  
Read More
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आधार र प्रमाण नपुग्दा सफाइु

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आधार र प्रमाण नपुग्दा सफाइु

काठमाडौं-   उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ। न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको हो । फैसलाको पूर्णपाठमा भनिएको छ, ‘आधार र कारण समेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटलका सेक्युरिटी गार्ड राजन राणाले गरेको वकपत्रका साथै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.