युएईमा पनि नेपालीले मनाए तिहार, कतै नाचगान कतै दोहोरि (भिडिओ सहित)
दुबई- संयोग पनि उस्तै नेपालीहरुको दोस्रो महान पर्ब तिहार आइतबारको दिन र युएईमा सार्बजनिक बिदा पनि आइतबार । त्यसैले सारजाह, आबुदाबी र दुबईमा नेपालीहरुले भव्यताकासाथ तिहार मनाए । बर दुबइको अल गुबैबा मेट्रो स्टेसन जसलाई नेपालीहरुले नेपाली पार्क भनेर चिन्ने गर्दछन । हो त्यहि पार्कमा नेपालीहरुको घुइचो लागेको थियो । नेपालीहरुको गलामा माला, शिरमा ढाका टोपीले सजिएर एकआपसमा चिया पिउदैको गफ, अर्को तर्फ नेपाली लोक दोहोरिमा नाचगान, दोहोरि गाउदै गरेको दृष्यले लाग्थ्यो यो नेपालको आफ्नै बस्ती र चोक हो । विभिन्न क्षेत्रबाट भेटघाट गर्ने थलो त्यसमा पनि तिहार भएको कारण घुइचो हुनु स्वभाविकै थियो तर विभिन्न मुलुकबाट आएका पर्यटकहरु पनि…