आज मितिः २०८३ बैशाख ९ गते

उद्दार अनलाईन

564 Posts
कोइरालाले भने – कांग्रेस र एमालेको सरकार बन्नुपर्छ

कोइरालाले भने – कांग्रेस र एमालेको सरकार बन्नुपर्छ

चैत २३, बिहीबार, विराटनगर- कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बन्नु पर्नै बताएका। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मुलुकमा अहिले देखिएको अप्ठ्यारो परिस्थिति अन्त्य गरी आर्थिक विकासका लागि गठबन्धन आवश्यक रहेको बताएका हुन् । नेता डा कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा वामपन्थी पार्टीका चार प्रधानमन्त्री नियुक्त भए पनि संविधान निर्माणका लागि कांग्रेसक नै आवश्यक परेको विगत स्मरण गरे। उनले संयुक्त सरकार निर्माणका लागि नेता, दलबीच, निर्वाचन प्रणाली कसरी सुधार गर्ने विषयमा छलफल गरी निर्णय हुने धारणा राखे। सङ्घीय सांसद डा कोइरालाले संविधान सुधार, अर्थतन्त्रको चलायमान गराउनु र…
Read More
आज यी चार प्रदेशमा वर्षाको सम्भावना

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

चैत २२, बिहिबार, काठमाडौं-   आज बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू–भागमा आंशिकदेखि मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरू साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का…
Read More
एसईई परीक्षामा चिट चोराउने प्रिन्सिपलसहित ५ जना पक्राउ

एसईई परीक्षामा चिट चोराउने प्रिन्सिपलसहित ५ जना पक्राउ

चैत २२, बिहिबार काठमाण्डौं- बाँकेमा एसईई परीक्षामा चिट चोराउने एक विद्यालयका प्राचार्यसहित ५ जना पक्राउ परेका छन् । परीक्षामा ह्वाटएसबाट प्रश्नपत्र बाहिर लैजाने र उत्तर विद्यार्थीलाई पुराउने काम गरिरहेका ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही विद्यालयका पार्टटाइम शिक्षक अफ्ताव खान र एवन कन्सल्टेन्सीका संचालक इर्फान अलि मिकरानी सहित दिलिप बिक र सन्तोष नेपाली रहेका छ्न् ।   बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अनलाइन चिट चोराउने कार्यमा विद्यालयका प्रिन्सिपल आफै संलग्न रहेको फेला परेको र यसरी चिट चोराउने लोटस इंग्लिश मिडियम हाईस्कुलका प्रिन्सिपल तपन शर्मासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेकाहरुले कन्सल्टेन्सीबाट मोबाइल…
Read More
गर्मीसँगै डेङ्गीको सङ्क्रमण बढ्न थाल्यो

गर्मीसँगै डेङ्गीको सङ्क्रमण बढ्न थाल्यो

चैत २२, बिहिबार, काठमाण्डौ – गर्मीयाम शुरु भएसँगै डेङ्गीको सङ्क्रमण बढ्न थालेको छ । पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टेले डेङ्गीको सङ्क्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न शुरु हुने भएकाले डेङ्गीको जोखिम बढ्ने बताउनुभयो । डेङ्गीको सङ्क्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको डाक्टर दाहालले बताउनुभयो । उहाँकाअनुसार डेङ्गी पानी जम्ने सफा ठाउँमा ुएडिज एजिप्टी र एडिस एल्बोपिक्टसु प्रजातिको लामखुट्टेले…
Read More
एनआरएनएको दुवै समिति खारेज, पून: महाधिवेशन गराउन अदालतको आदेश

एनआरएनएको दुवै समिति खारेज, पून: महाधिवेशन गराउन अदालतको आदेश

चैत २२,बिहिबार, काठमाडौं- सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन परिणाम खारेज गरेको छ। २०७८ चैतमा भएको महाधिवेशनबाट निर्वाचित घोषणा गरिएका अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमिति खारेज हुने आदेश सर्वोच्च अदालतले दिएको हो। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदी संयुक्त इजलासले महाधिवेशनबाट निर्वाचित घोषणा गरिएका अध्यक्ष केसी र उक्त निर्णय अस्वीकार गर्दै आरके शर्माको अध्यक्षतामा घोषणा गरिएको समानान्तर समितिलाई खारेज गरेको हो। सर्वोच्च अदालतले महाधिवेशनको निर्णय खारेज गर्दै त्यसपछि भएका निर्णय पनि अमान्य घोषणा गरेको छ। सर्वोच्चले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को‌ ०७८ माघ १ मा सम्पन्न ८१ औं बैठकले गठन गरेको उच्च स्तरीय समितिलाई ब्यूँताएको छ। उक्त समिति…
Read More
मुम्बई इन्डियन्स, राजस्थानसँग ६ विकेटले पराजित

मुम्बई इन्डियन्स, राजस्थानसँग ६ विकेटले पराजित

चैत २०, मंगलबार काठमाण्डौ – इन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति मुम्बईको घरेलु मैदान वानखेडेमा भएको खेलमा राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले हराएको हो । मुम्बईले दिएको १ सय २६ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै भेट्टायो । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २५ रन मात्र बनाएको थियो । पाँच पटकको उपाधि बिजेता टोली मुम्बईले यो सिजनमा लगातार तेस्रो हार ब्यहोर्दा राजस्थानले लगातार तेस्रो जित निकालेको छ । उसको ३ खेलमा ६ अंक छ । राजस्थान तालिकाको…
Read More
लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत, २० मंगलबार काठमाण्डौ – वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत लेखापाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ताहाचलमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध विशेष अदालतमा सोमबार भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखापाल निरौलालाई १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो । उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार बिगो र कैद जरिबानाको माग गरेको अख्तियारले जनाएको छ ।
Read More
भारतीय कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा

भारतीय कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा

चैत २०, मंगलबार बाँके- भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा यहाँका व्यवसायी पीडित भएका छन्। यहाँस्थित नेपाल/भारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि बाटो प्रयोग गरी भारतीय कुखुरा, चल्ला तथा अण्डा आयात हुने गरेको व्यवसायीले गुनासो गरेका छन्। कुखुरा व्यवसायी संघ बाँकेका पूर्वअध्यक्ष लालबहादुर खत्रीले नेपाली बजारको तुलनामा भारतमा कुखुराको मूल्य कम हुने भएकाले बढी नाफा कमाउन व्यापारीले चोरीको बाटो प्रयोग गर्दै आएको बताए। उनका अनुसार नेपालगञ्ज, खजुरा र कोहलपुरका मुख्य स्थानमा भारतबाट अवैधरुपमा आयात भएका कुखुरा र माछा बिक्रीवितरण हुँदै आएका छन्। रातिको समयमा माछा, मासु तस्करी गर्ने सक्रिय हुने भएकाले बिहानसम्म पसलपसलमा भारतीय कुखुरा र…
Read More
तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ छिचोलियो

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ छिचोलियो

  आइतबार, चैत १९ तनहुँ- तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लिमिटेडका सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्तरुपमा स्वीच दबाएर बिस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो। सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्।   सुक्खायामको विद्युत् माग र आपूर्तिको असन्तुल हटाउन जलाशययुक्त प्रकृतिको तनहुँ आयोजनाको ठूलो योगदान…
Read More
चितवन समाज यूएईको अध्यक्षमा पुन: विजय अधिकारी

चितवन समाज यूएईको अध्यक्षमा पुन: विजय अधिकारी

सोमबार, चैत १९, दुबई- चितवन समाज यूएईको वार्षिक साधारण सभा तथा सातौँ अधिवेशनमा पुन: विजय अधिकारी निर्विरोध चयन भएका छन् । बरदुबईको पिन्की रेष्टुरेण्टमा आईतबार सम्पन्न अधिवेशनमा अधिकारी सन् २०२४–२६ का लागि पुन अध्यक्षमा चयन भएका हुन् । निबर्तमान कोषाध्यक्ष दीपक कुमार शिवाकोटीले संञ्चालन गरेका कार्यक्रमको अध्यक्षतामा संस्थाका निवर्तमान अध्यक्ष विजय अधिकारी, प्रमुख अतिथि नेपाली समाज यूएईका अध्यक्ष वेदप्रसाद अर्याल, विशिष्ट अतिथि नेपाली समाज यूएईका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार गोविन्द ढकाल, अतिथिहरुमा राम मोक्तान, गोपाल पराजुली, आशिष पुरुष, गणेश न्यौपाने, अनिल चौधरी, नवराज पाण्डे, रामचन्द्र बस्याल, अस्मिता भूषाल, विन्दू गिरी तथा विशेष अतिथिमा पत्रकार तथा फोटेग्राफर लालबहादुर ढेंगा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.