आज मितिः २०८३ बैशाख ९ गते

एसईई परीक्षामा चिट चोराउने प्रिन्सिपलसहित ५ जना पक्राउ

चैत २२, बिहिबार

काठमाण्डौं-
बाँकेमा एसईई परीक्षामा चिट चोराउने एक विद्यालयका प्राचार्यसहित ५ जना पक्राउ परेका छन् । परीक्षामा ह्वाटएसबाट प्रश्नपत्र बाहिर लैजाने र उत्तर विद्यार्थीलाई पुराउने काम गरिरहेका ५ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सोही विद्यालयका पार्टटाइम शिक्षक अफ्ताव खान र एवन कन्सल्टेन्सीका संचालक इर्फान अलि मिकरानी सहित दिलिप बिक र सन्तोष नेपाली रहेका छ्न् ।

 

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले अनलाइन चिट चोराउने कार्यमा विद्यालयका प्रिन्सिपल आफै संलग्न रहेको फेला परेको र यसरी चिट चोराउने लोटस इंग्लिश मिडियम हाईस्कुलका प्रिन्सिपल तपन शर्मासहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ परेकाहरुले कन्सल्टेन्सीबाट मोबाइल प्रयोग गरी प्रश्नपत्र आउट गराउने र उत्तर तयार गरी व्हाट्स एपमार्फत विद्यार्थीलाई पठाउने गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रजिअ पोखरेलले बताए । प्रशासनको टिमले कन्सल्टेन्सीबाट मोबाइल ५ थान, ल्यापटप १ थान, गाइड, सोलुसन, केही मोबाइल नम्वर उल्लेख भएको कागज बरामद गरेको छ ।

  • फाईल तस्विर
By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.