आज मितिः २०८३ बैशाख ९ गते

उद्दार अनलाईन

564 Posts
मेयर बालेनको स्टाटस चेतावनीलगत्तै रिहा भए महानगरका चार चालक

मेयर बालेनको स्टाटस चेतावनीलगत्तै रिहा भए महानगरका चार चालक

काठमाडौं- महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा चेतावनी दिए पछि फोहोर बोक्ने गाडीका चार जना चालक रिहा भएका छन्। उनले रिहा नगरे सिंहदरबार लगायत सबै पार्टी कार्यालयको तथा नेताहरुको घरको फोहोर नउठाउने चेतावनी दिएका थिए। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेखेको एक घण्टा नबित्दै ती चालकहरू रिहा भएका हुन्। प्रमुख शाहले नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी दिएका छन्। चालकको रिहाइपछि पुन अर्को स्ट्याटस यस्तो लेखे ‘जोकोहीले यत्ति बुझ्नुहोलास् पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला। तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरवासीको आत्मसम्मान हुन्छ। त्यसमा कसैले सम्झौता गर्न पाइँदैन। काठमाडौँ महानगर यसमा संवेदनशील छ।’ महानगरले आफ्ना कर्मचारीमाथि…
Read More
चितवनमा अत्याधुनिक सुविधा सहित सुजुकीको नयाँ शोरुम

चितवनमा अत्याधुनिक सुविधा सहित सुजुकीको नयाँ शोरुम

चितवन। सुजुकी गाडीका उत्पादन बिक्रीका लागि भरतपुरमा नयांँ शोरुम सञ्चालनमा आएको छ । सिजी होल्डिङ्गसको अटोमोटिभ डिभिजन सिजी मोटोकपले चितवनको लागि साध्वी ईन्टरनेशलले सुजुकीको आधिकारिक डिलर सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका वडा नम्बर १० अध्यक्ष परमेश्वर खनाल र सिजी मोटोकर्पका निर्देशक सिरज पन्तले गरेका हुन् । सो अवसरमा बोल्दै निर्देशक पन्तले ग्राहकको आवश्यकता र माग अनुसार भरतपुरमा शोरुम सञ्चालनमा ल्याइएको बताए । पछिल्लो समय सुजुका सबै मोडलका गाडीहरुले ग्राहकको मन जितेको बताउंँदै उनले चितवन तथा यसका वरपरका जिल्लालाई लक्षित गरी सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याईएको बताए । वडा अध्यक्ष खनालले सुजुकी गाडी नेपालको माटो सुहाउंँदो र…
Read More
दमौलीको मुख्यचोक आगलागी, आगो तीन घण्टापछि नियन्त्रणमा

दमौलीको मुख्यचोक आगलागी, आगो तीन घण्टापछि नियन्त्रणमा

तनहुँ- तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी सुरु भएको थियो ।   आगलागीका कारण यहाँका करिब २० वटा सटर पूर्णरुपमा जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको अनुमान गरिएको छ । तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।   तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक योजना, व्यास नगरपालिकाको गरी चार वटा दमकलको सहायताले बिहान ३ः४५ बजे आसपास आगलागी निभाइएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र…
Read More
कोलकाता र राजस्थानको खेल वर्षाका कारण रद्द

कोलकाता र राजस्थानको खेल वर्षाका कारण रद्द

काठमाण्डौ – आईपीएल क्रिकेटमा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण रद्द भएको छ । कोलकाताले यस खेलअघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर राजस्थानका लागि यो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो । वर्षाका कारण गएरातिको खेलमा अङ्क बाँडिएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ । यसअघि हिजोको पहिलो खेलमा लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो । पञ्जाब किंग्सलाई ४ विकेटले हराउँदै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६…
Read More
कांग्रेस संसदीय दलको बैठक  बिहान ९ बजे बस्दै

कांग्रेस संसदीय दलको बैठक बिहान ९ बजे बस्दै

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ। दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्न लागेको जानकारी दिए। संसदीय दल कार्यसमितिको बैठक बिहान ८:३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ। उक्त बैठक संघीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताए।  
Read More
कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फोर्ब्स कलेजले निशुल्क तालिम दिने

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फोर्ब्स कलेजले निशुल्क तालिम दिने

चितवन फोर्ब्स कलेज चितवनमा कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि फ्रि ट्रेनिङ क्याम्प (निशुल्क तालिम शिविर) सञ्चालन गर्ने भएको छ । स्नातक तहमा आईटी र होटल म्यानेजमेन्ट पढ्न रुची भएका विद्यार्थीहरुका लागि कलेजले निःशुल्क ट्रेनिङ क्याम्प सञ्चालन गर्न लागेको कलेजका प्राचार्य हरिशरण पाठकले जानकारी दिनुभयो । आउदो जेठ १३ गतेबाट सुरु हुने फ्रि ट्रेनिङ क्याम्पमा सहभागिता जनाउनका लागि विद्यार्थीहरुले कलेजले आफ्नो वेबसाइट र आधिकारीक पेजमा राखेको क्यूआर कोडलाई स्क्यान गरि अनलाईन मार्फत आवेदन दिन सक्नेछन् । प्राचार्य पाठकले आवेदन दिने ५० जना विद्यार्थीहरुका लागि जेठ १३ गतेदेखि असार १५ गतेसम्म एक महिनाको अवधिका लागि फ्रि ट्रेनिङ क्याम्प सञ्चालन…
Read More
चितवनको रत्ननगरमा घटना दर्तासम्बन्धी महत्त्वपूर्ण निर्णय

चितवनको रत्ननगरमा घटना दर्तासम्बन्धी महत्त्वपूर्ण निर्णय

चितवन-   चितवनको रत्ननगर नगरपालिकामा गठित घटना दर्तासम्बन्धी गुनासो व्यवस्थापन गर्ने स्थानीय तह समन्वय समितिले ५ महत्वपूर्ण निर्णय गरेको छ । समितिले दोस्रो तथा यस आर्थिक वर्षको पहिलो बैठकले नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा पाँचवटा महत्त्वपूर्ण निर्णय गरेको हो । समन्वय समितिको बैठकले बसोबासको आधारमा तथा घटना घटेको स्थानका आधारमा घटना दर्ता गर्ने निर्णय गरेको छ । यस निर्णयबाट कुनै पनि नागरिकको स्थायी बसोबास वा बसाइँसराइ नभए पनि व्यक्तिगत घटना घटेको स्थानबाट दर्ता गर्न सकिने व्यवस्थाअनुसार दोहोरोपना नपर्नेगरी जुन ठाउँमा घटना घटेको हो सोही ठाउँको ठेगानामा घटना दर्ता गर्न सकिने व्यवस्था कार्यान्वयन गर्न सबै वडामा पत्राचार गर्ने निर्णय गरिएको हो ।…
Read More
स्वास्थ्य शिविर सञ्चालन गर्ने डोटीका एक नक्कली डाक्टर पक्राउ

स्वास्थ्य शिविर सञ्चालन गर्ने डोटीका एक नक्कली डाक्टर पक्राउ

डोटी- जिल्ला प्रहरी कार्यालय डोटीले एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ । डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार नक्कली डाक्टर महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्रबहादुर क्षेत्री र उनका सहयोगी भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाललाई पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको जानकारी दिए । अभियुक्तहरूले दिपायल सिलगढी नगरपालिका–४ मा शिविर सञ्चालन गरेर ठगी गरेका थिए ।
Read More
चितवनमा अज्ञात समुहले केराको बोट काटेर भागे

चितवनमा अज्ञात समुहले केराको बोट काटेर भागे

चितवन- चितवनको रत्ननगर १३ का कृष्ण रेग्मिले संचालन गर्नुभएको खैरहनी नगरपालिकाको केरा खेतीमा अज्ञात व्यक्तिले केरा काटेर नोक्शानी पु¥याएका छन् । जेठ १ गते राति अज्ञात समुहले करिब ५०० केराको बोट काटेर नोक्सानी गरेको केरा व्यवसायि रेग्मीले उद्धार न्यूजलाई जानकारी दिनु भयो । बैदेशीक रोजागारबाट फर्केर आफ्नै भुमिमा केहि गरौ भन्ने उद्धेश्यले खैरहनी नगरपालिका ३ मा मात्र ८ विगाह जग्गामा वहाँले खेती गर्नु भएको हो । वहाँका अनुसार केरा त्यसरी काट्नुमा स्थानीयवासीहरु नभई रातको समयमा मदिरा सेवन गरि हिड्नेहरुले काटेको बुझीन आएको छ । केरा फर्म नजिकै सैनिक विद्यालय पनि भएको र स्थानीयहरुले त्यस्तो काम गर्न नसक्ने रेग्मीले बताउनु भयो…
Read More
आज देशका चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

आज देशका चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ।   स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान कोशी र मधेश प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली रहेकोछ।   महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। पहाडी भूभागका थोरै स्थानमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.