आज मितिः २०८३ बैशाख ८ गते

उद्दार अनलाईन

564 Posts
तराईमा भोलीसम्म तातो हावा

तराईमा भोलीसम्म तातो हावा

काठमाडौं- सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र सो भन्दा बढी मापन गरिएको छ । अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी केही दिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागको भनाइ छ । त्यसैले यसबाट जोगिन आवश्यक तयारी गर्न विभागले आग्रह गरेको छ । तराईका भू–भागहरूमा आगामी ३ दिन जेठ १८ गतेसम्म तातो हावाको सम्भावना रहेकाले यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले सचेत हुन भनेको छ । आज बिहान कोसी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा…
Read More
बगुवा चितवन समन्वय समिति चितवनमा स्थापित हुँदै

बगुवा चितवन समन्वय समिति चितवनमा स्थापित हुँदै

चितवन- गोरखाको साविक बगुवा गाउँ विकाश समिति र हाल भिमसेनथापा गाउँपालिका वडा नम्बर ५ बाट वसाई सराई गरेर चितवन आउनु भएकाहरुको सेवा मूलक संस्था बगुवा चितवन समन्वय समिति स्थापना हुने भएको छ । चितवनको पूर्ब र पश्चिममा रहेका करीब २ सय बगुवावासीहरुले पुर्व शिक्षक समेत रहेका भरतपुर निवासी ठाकुर प्रसाद भट्टको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति तयार गरेको हो । समितिको उपाध्यक्षमा चन्द्र प्रसाद भट्टराई सचिवमा रविलाल भट्ट, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ र सहसचिवमा नारायण प्रसाद भट्टराई रहनु भएको छ । त्यस्तै सदस्यहरुमा बुद्धिप्रसाद ढकाल, बलराम श्रेष्ठ, टिका प्रसाद ढकाल, मनोज भट्ट, हरि भट्ट र सोम पाण्डे रहनु भएको छ ।…
Read More
चितवनको टिकौली जंगलमा एक पुरुषको शव फेला

चितवनको टिकौली जंगलमा एक पुरुषको शव फेला

चितवन- चितवन भरतपुरको भोजाड र कालिकाको पदमपुर सिमानामा पर्ने टिकौली जंगलभित्र एक पुरुषको शव फेला परेको छ । जंगलभित्र खगेरी पुल नजिकै मंगलवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।   प्रवक्ता रिजालका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन । मृतकको पहिचानको लागि प्रहरीले फोटो सार्वजनिक गर्ने तयारी गरेको छ । आत्महत्या गर्न खोज्दा डोरी चुडिएर भुईमा खसेको अवस्थामा शव फेला परेको उनले बताए । मृतकको पहिचान अहिलेसम्म खुलेको छैन ।
Read More
जनप्रगतिशिल मन्च साउदीले मनायो १७औं गणतन्त्र दिबस

जनप्रगतिशिल मन्च साउदीले मनायो १७औं गणतन्त्र दिबस

युबराज कार्की शेखर /साउदी- नेपाली जनप्रगतिशिल मन्च साउदीले १७औं गणतन्त्र दिवस भव्यताका साथ मनाएको छ । यस अवसरमा जेठ १५ गते क्षेत्रीय कमिटी जुबेलमा कार्यक्रम गर्दै १७औं गणतन्त्र दिवस भब्यताको साथ सम्पन्न गरेको हो । जनप्रगतिशिल मञ्च साउदी अरबले निरंकुश सामन्ती राज्य व्यवस्थाको अन्त्य गर्दै नेपाली जनताको विभिन्न मुक्तिकामी आन्दोलन र बलिदानीपूर्ण संघर्षले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई सहित शुभकामना व्यक्त गर्दै दिप प्रज्वलन गरेको थियो ।   क्षेत्रीय अध्यक्ष एबम केन्द्रीय सदस्य शिबराज बिकको अध्यक्षतामा महान जनयुद्ध ,ऐतिहासिक जनआन्दोलन लगायत सबै प्रकारका न्यायपूर्ण आन्दोलनहरुमा वलिदानि र…
Read More
एमाले चितवनको अध्यक्षमा कमलराज पाठक

एमाले चितवनको अध्यक्षमा कमलराज पाठक

चितवन- एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन् । नेकपा ९एमाले० चितवनको ११औँ जिल्ला अधिवेशन बुधबार बिहान सम्पन्न मतगणनाबाट ६ सय ६ मत प्राप्त गर्दै पाठक अध्यक्ष निर्वाचित भएका हुन् । उहाँका निकटतम प्रतिद्धन्दी घनश्याम कँडेलले ९३ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा श्याम कुमार बिष्ट ४०४ मत प्राप्त गर्दै बिजयी भए । उहाँका प्रतिस्पर्धी कृष्णकुमार डल्लाकोटीले २८४ मत प्राप्त गरे । सचिवमा प्रकाश ढुङ्गाना ४६६ मत प्राप्त गर्दै बिजयी भए भने उहाँका प्रतिस्पर्धी पदमपाणी सुवेदीले २२१ मत प्राप्त गरे ।   यस्तै उपसचिव ९खुल्ला० मा २४० मत प्राप्त गर्दै मिन बहादुर परियार बिजयी भएका छन्। उहाँका निकटतम प्रतिस्पर्धी…
Read More
सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समिति गठन

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समिति गठन

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा सहकारीका क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको छ। प्रमुख दलहरुबीचको सहमतिका आधारमा ल्याइएको उक्त समितिको कार्यादेशसहितको प्रस्तावलाई सभाका सभामुख देवराज घिमिरेले प्रस्तुत गर्दा बैठकले सहमति दिएको थियो। समितिको सभापतिमा नेकपा ९एमाले० सूर्यबहादुर क्षेत्री, सदस्यमा नेपाली कांग्रेसका ईश्वरी न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान, कांग्रेसका बद्रीप्रसाद पाण्डे, नेकपा ९माओवादी केन्द्र० का लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र एमालेकी सरिता भुसाल रहेकी छन्। समितिले सहकारी संस्थामा देखिएको सङ्कट, कानुनी समस्या, नियमन र सुपरीक्षेण, पारदर्शिता र समस्याग्रस्त सहकारीका जोखिममा रहेकाको बचत सुरक्षा र फिर्ताको प्रक्रियाको अध्ययन र विश्लेषण गरी सिफारिस गर्नेछ। यस्तै सहकारीको रकम…
Read More
अनलाईन मार्फत रकम ठगी गर्ने एक पक्राउ

अनलाईन मार्फत रकम ठगी गर्ने एक पक्राउ

काठमाडौं - अनलाईन मार्फत रकम ठगी गरी बिनान्स एपमार्फत लगानी गरेको अभियोगमा रोल्पा माडी गाउँपालिका-६ घर भएका काठमाडौं कोटेश्वर बस्ने १९ बर्षीय विज्ञान घर्तीमगरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई काठमाडौं बानेश्‍वरबाट पक्राउ गरेको हो । उनले सामाजिक संजाल फेसबुक, टेलिग्राम लगायतका एपहरूको माध्यमबाट साथी बनाई अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक/पटक गरी जम्मा २ लाख १६ हजार रूपैयाँ ट्रान्सफर गरी ठगी गरेको खुल्न आएको छ । साथै उनले बिनान्स एप मार्फत हाल सम्म १ करोड ५१ लाख ७५ हजार ७४ रूपैयाँ कारोबार गरेको समेत अनुसन्धानको क्रममा खुल्न…
Read More
३५ गोल गर्दै रोनाल्डोले बनाए नयाँ किर्तिमान

३५ गोल गर्दै रोनाल्डोले बनाए नयाँ किर्तिमान

काठमाडौँ - क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा नयाँ किर्तिमान बनाएका छन् । गएराती सम्पन्न लिगको अन्तिम खेलमा अल इत्तिहादविरुद्ध अल नासरको ४/२ को जितमा रोनाल्डोले २ गोल गरेका थिए । दुई गोलसहित यस सिजनको लिगमा ३५ गोल गर्दै रोनाल्डोले नयाँ किर्तिमान बनाएका हुन् । रोनाल्डोले यस सिजनको लिगमा ३१ खेलमा ३५ गोल गरेका छन् । रोनाल्डो साउदी प्रो लिगमा एकै सिजनमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । ययसअघि मोरक्कोका अबडेराजक हामदल्लाहले २०१८(१९ सिजनमा सर्बाधिक ३४ गोल गरेका थिए । रोनाल्डोले अल नासरका लागि यस सिजनमा अल नासरका लागि ५० खेलमा ५० गोल गरेका छन् । अल नासरले…
Read More
भ्रष्टाचार मुद्दामा मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई चार वर्ष कैद

भ्रष्टाचार मुद्दामा मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई चार वर्ष कैद

काठमाण्डौं- रौतहटको चन्द्रपुर नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ। दुई साताअघि सजाय निर्धारणको पेसी तोकिएपछि सोमबार कैद तथा जरिवाना सुनाइएको हो। विशेषका प्रवक्ता धनबहादुर कार्कीका अनुसार नगरप्रमुख रामचन्द्र चौधरी र प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देललाई जनही ४–४ वर्ष कैद भएको हो। सात महिनाअघि दायर मुद्दामा एक साताअघि उनीहरूलाई दोषी ठहर गरिएकोमा सोमबार सजाय सुनाइएको हो। उनिहरुले क्रमशः ३७ लाख ३४ हजार रुपैयाँ र २८ लाख २२ हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अनुसन्धानले देखाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…
Read More
आज यी प्रदेशमा हुनेछ वर्षा

आज यी प्रदेशमा हुनेछ वर्षा

काठमाडौँ- नेपालमा स्थानीय वायुसँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको सामान्य प्रभावले हाल देशको कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत बाँकी पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा वर्षा भइरहेको छ। आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.