चितवन-
गोरखाको साविक बगुवा गाउँ विकाश समिति र हाल भिमसेनथापा गाउँपालिका वडा नम्बर ५ बाट वसाई सराई गरेर चितवन आउनु भएकाहरुको सेवा मूलक संस्था बगुवा चितवन समन्वय समिति स्थापना हुने भएको छ ।
चितवनको पूर्ब र पश्चिममा रहेका करीब २ सय बगुवावासीहरुले पुर्व शिक्षक समेत रहेका भरतपुर निवासी ठाकुर प्रसाद भट्टको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति तयार गरेको हो ।
समितिको उपाध्यक्षमा चन्द्र प्रसाद भट्टराई सचिवमा रविलाल भट्ट, कोषाध्यक्षमा रामचन्द्र श्रेष्ठ र सहसचिवमा नारायण प्रसाद भट्टराई रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा बुद्धिप्रसाद ढकाल, बलराम श्रेष्ठ, टिका प्रसाद ढकाल, मनोज भट्ट, हरि भट्ट र सोम पाण्डे रहनु भएको छ ।
तदर्थ समितिको पहिलो बैठकले विधान मस्यौदा तयार गर्ने, समिति गठन भएको २ महिनाभित्र साधारणसभा गर्ने, साधारणसभा पछि आपसि छलफल गरि संस्था दर्ताको प्रक्रियामा जाने निर्णय गरेको छ ।
पूर्बी चितवन र पश्चिम चितवनमा सबैलाई समेटेर असार १५ सम्ममा साधारणसभा गर्ने अध्यक्ष ठाकुर भट्टले बताउनु भयो ।