आज मितिः २०८३ भाद्र १६ गते

२ दर्जन शव एउटै घरमा फेला

काठमाडौं –

नुवाकोटको विदुर नगरपालिका(१० स्थित एउटै घरभित्र २ दर्जन शव फेला परेका छन्।

भदौ १० गते बुधबारको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट ज्यान गुमाएहरूको ठूलो संख्यामा शव एउटै घरभित्र फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका जानकारी दिएको छ।

प्रहरीका अनुसार शवको संख्या भने एकिन भइसकेको छैन। बेत्रावतीस्थित एउटै पुरिएको घरमा धेरै वटा शव एउटै कोठाभित्र फेला परेको छ। यद्यपि पानी परेको र राति पनि भइसकेका कारणले शव कतिवटा छन् एकिन भने भइसकेको छैन ।

विदुर नगरपालिकाका वडा सदस्य मंगल तामाङले भने २२ वटा शव उक्त घरमा रहेको बताए। ‘आज २२ जनाको शव एउटै घरमा फेला पर्‍यो। घण्टी घरभन्दा अलिमाथिको घरमा हो। एउटा ठूलो घरमा हो। ड्रोन पठाएर हेर्न आग्रह गरेका थियौं,’ वडा सदस्य तामाङले भने।

थप सुरक्षाकर्मीहरूसहितको टोली उक्त घरमा पुग्दा ठूलो संख्यामा शव भेटिएको उनले जानकारी दिए। ‘यो घरबाट आज ५(६ वटा शव निकाल्यो। अरु त्यहीँ छ। अस्ति प्रयास गरेको थियो सकेन। हिजो पनि प्रयास गरेको सकेन ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.