आज मितिः २०८३ बैशाख ९ गते

पोखरामा डिस्को,दोहोरी साँझ अब रातभरि खुल्ने

चैत ४, आइतबार,

पोखरा-

पोखरालाई पर्यटकीय राजधानी घोषणासंगै अब डिस्को(दोहोरी साँझ रातभरि खुल्ने भएका छन् ।

समारोहको बीचबीचमा कलाकारले पोखरा झल्काउने गीत र नाचको प्रस्तुति दिइरहेका थिए। ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ का गायक प्रमोद खरेलदेखि प्रकाश सपुतसम्मले पोखरेलीलाई गीत सर्मपण गरे। कलाकारहरुले ‘रेशम फिरिरि’ ‘हङकङ पोखरा’ गाएर दर्शकलाई मन्त्रमुग्ध पारे।

 

कलकारहरुको अनुरोधमा प्रधानमन्त्रीसहित गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सभामुख कृष्णप्रसाद धिताल, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य मञ्चको अग्रभागमा आएर नाचेका थिए।

 

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पोखराको विकासका लागि संघ सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताए। उनले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए।

यसैबीच पोखरामा आजदेखि डिस्को,दोहोरी, लाइभ म्युजिक जस्ता व्यवसाय रातभर खुल्ने भएका छन्। पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस्तो घोषणा गरेका हुन्।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.