आज मितिः २०८३ बैशाख १० गते

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते

काठमाडौं-

राष्ट्रिय सभाको अध्यक्षका निर्वाचन फागुन २९ गते र सोमबार उम्मेदवारी दर्ता हुने भएको छ।

प्रमुख सचेतक एवं कार्यव्यवस्था तथा परामर्श समितिबीचको छलफलपछि उम्मेदवारी दर्ताको मिति फागुन २८ गते तय भएको हो।

 

दलका नेता तथा प्रमुख सचेतक र समितिका सदस्यसँगको छलफलमा पूर्वनिर्धारित फागुन २९ गते नै अध्यक्ष पदको निर्वाचन गर्ने सहमति भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। उनका अनुसार आइतबार बस्ने राष्ट्रिय सभाको बैठकबाट उम्मेदवारी दर्ता तथा मतदान कार्यक्रमसहितको निर्वाचन कार्यक्रम घोषणा हुने छ।

फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको ६ वर्षे कार्यकाल सम्पन्न भएको थियो। रिक्त भएका २० मध्ये १९ सदस्य निर्वाचित भई शपथग्रहण गर्दै नियमित कामकारबाहीमा सहभागी भइसकेका छन्।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.