चितवन-
चितवनको भरतपुर –११ जागृती चोकस्थित हिमाली ब्राहमी महिला बचत तथा ऋण सहकारी संस्थामा तोडफोड भएको छ ।
सोमबार राति अज्ञात व्यक्तिले सहकारीको ढोकामा लगाएको ताल्चा फुटाई सिसि क्यामराको एनभीआर इन्टरकम डिभाइस चोरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मंगलबार बिहान ९ः४५ बजेको समयमा कर्मचारी कार्यालय पुग्दा ढोका फोरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी गएर अनुसन्धान गर्ने क्रममा सहकारीको कार्यालय भित्र कागजपत्र छरिएको र सिसि क्यामराको डिभाइस चोरी भएको पाइएको प्रहरीले बताएको छ ।
चोरी गर्न अरु कुनै वस्तु नभेटेपछि आफु सिसि क्यामरामा देखिन सक्ने आशंकामा चोरले उक्त डिभाइस चोरेको हुन सक्ने चितवन प्रहरीका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।