आज मितिः २०८३ बैशाख ९ गते

चितवन सेवा समाज असस नेपालले रमाईलो वनभोज तथा भेटघाट कार्यक्रम गर्ने

चितवन-

नेपालको यो चिसो मौसमसंगै पारिवारीक वा संघसंस्थाको बनभोज जानेक्रम बढि रहेको छ । विभिन्न पार्क, सामूदायिक बनका वनभोज स्थलहरु यतिबेला खचाखच र नाचगानले रमाईलो भई रहेको छ ।

यसै क्रममा चितवनेहरुको साझा र छाता संस्था चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालले पनि रमाईलो डाँडामा नै रमाईलो वनभोज तथा भेटघाट कार्यक्रम राखेको छ ।

समाजले यहि माघ २० गते नवलपरासीको मौलाकालिका स्थित रमाईलो डाँडामा कार्यक्रमको आयोजना गर्ने भएको हो ।

शनिबार विहान ७ बजे संस्थाको केन्द्रीय कार्यालय भरतपुर १२ हुलाक चोकमा जम्मा भएर कार्यक्रम स्थल जाने चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालका केन्द्रीय अध्यक्ष दिपक गौतमले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिता जनाउन नेपालमा रहनुहुने संस्थाका पदाधिकारी तथा सदस्यहरु ,पूर्व समितिका पदाधिकीरी तथा सदस्यहरु ,संरक्षक, पूर्व अध्यक्ष तथा सल्लाहकार,विभिन्न समिति तथा उप समितिका संयोजक तथा सदस्यहरु, सबै आजीवन सदस्यहरुलाई आमन्त्रण गरिएको बनभोज कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लालबहादुर भट्टले बताउनु भयो ।sport expander adidas chuteiras futsal pringles ηχειο nike goalkeeper gloves purple custom soccer shirts alife and kickin parka chatlrlotte b adidas zx flux adv asym white čistenie tlačiarne bague argent et turquoise homme trainingsjacke firebird and camicie outlet aiyuk jersey polyimide magnet wire como saber si un levis es de hombre o mujer

संस्थाले सम्पर्क गरेका नेपालमा रहेका र विदेशबाट छुट्टिमा जानु भएका सबैगरि करीब १५० जनाको उपस्थिति रहने संयोजक लाल बहादुर भट्टले जानकारी दिनु भयो ।

वि.स.२०६९ मा स्थापित चितवनेहरुको यस केन्द्रीय संस्था खाडी, यूरोप र अन्य गरि १ दर्जन शाखा रहेको छ । संस्थाले नेपालमा रहेर चितवन सेवा समाज का बिभिन्न शाखाहरु संग समन्वय गरि नेपालमा विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको निबर्तमान अध्यक्ष तथा संरक्षक समिर खत्रीले बताउनु भयो ।

बनभोज कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न समिति बनाईएको छ भने संयोजक मण्डलमा संस्थाकी कोषाध्यक्ष सीता अधिकारी र सह-कोषाध्यक्ष अन्जु ढकाललाई तोकिएको छ ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.