आज मितिः २०८३ बैशाख ५ गते

स्वास्थ्य – खेलकुद

तेश्रो अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगीता मङ्सिर ६ गते बाट हुने

तेश्रो अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगीता मङ्सिर ६ गते बाट हुने

४ मङ्सिर, रत्ननगर । रत्ननगरमा हरेक बर्ष आयोजना हुने अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगीताको तेश्रो संस्करण यही मङ्सिर ६ गते बाट १५ गते सम्म हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ रत्ननगर नगरपालिका वडा नं २ स्थित नेपाल नमुना माध्यामिक विद्यालयको प्राङ्गणमा खेल संचालन हुनेछ । युवाहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउदै फुटबल खेल क्षेत्रको प्रवर्द्धन र विकासमा महत्वपूर्ण योगदानका लागी प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विगतमा चितवन जिल्ला भित्रका पालिकाहरुको मात्र सहभागिता रहने गरेको यस प्रतियोगतामा यस पटक थप परिस्कृत र परिमार्जन सहित हेटौडा उपमहानगरपालिका, मनहरी गाँउपालिका र गैडाकोट नगरपालिकालाई…
Read More
नेपालमा जाडो बढेसँगै डेंगु संक्रमण घट्यो

नेपालमा जाडो बढेसँगै डेंगु संक्रमण घट्यो

काठमाडौं- घट्दो तापक्रमसँगै डेङ्गु सङ्क्रमण पनि घट्दै गएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताए। उनले भने, ुडेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन्। तापक्रम घट्नु पनि यसको कारण हो। प्राकृतिक रुपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ।ु स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रुपमा लामखुट्टेको बास स्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो। मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामति कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै…
Read More
चेपाङ बस्तीको स्वास्थ्य चौकीलाई औषधि सहयोग

चेपाङ बस्तीको स्वास्थ्य चौकीलाई औषधि सहयोग

रत्ननगर । इच्छाकामना गाउँपालिका वडा नं १ भाराङमा रहेको स्वास्थ्य चौकीलाई औषधि प्रदान गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले सीमान्तकृत चेपाङ सहित स्थानीय अन्य विरामीहरुलाई निःशुल्क प्रदान गर्ने गरी सोही वडामा रहेको सामुदायिक स्वास्थ्य इकाइमा औपाधि प्रदान गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । गाउँपालिकाको स्वास्थ्य शाखाले औषधिको विवरण सहित पठाएको अनुरोध पत्रलाई आत्मसाथ गरी लक्षित बर्ग विरामी हुँदा निःशुल्क प्रदान गर्ने गरी १ लाख २४ हजार ११५ रुपैयाको औषधि स्वास्थ्य इकाईलाई हस्तान्तरण गरेको गिरीले बताए । सपना भिलेलले स्थानीय आवश्यकताको आधारमा ३१ प्रकारका औषधिहरु प्रदान गरेको छ । स्थानीय सरकारको स्वास्थ्य शाखाबाट औषधिको विबरण सहित आग्रह…
Read More
विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित

विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित

काठमाडौं- अमेरिकामा जारी नेपाल आईसीसी विश्वकप लिग २ मा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ । अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपाल २४४ रनमै सीमित भएको हो । अमेरिकाको डालसमा रहेको ग्राण्ड पेरी क्रिकेट रंगशालामा भएको खेलमा नेपाल ४९।५ ओभरमै अलआउट भएको हो । नेपालका तर्फबाट ओपनर अनिल साहले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडे भने अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।   नेपालका तर्फबाट गुल्शन झाले ३ विकेट, सोमपाल कामी र सन्दीप लामिछाने २, २ र कुशल भुर्तेलले १ विकेट लिएका थिए । अमेरिका लागि तीन खेलाडीले अर्धशतक…
Read More
आइसीसी विश्वकप लिग-२ मा आज नेपाल र अमेरिका खेल्दै

आइसीसी विश्वकप लिग-२ मा आज नेपाल र अमेरिका खेल्दै

काठमाडौं- आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिकाबीच खेल हुँदै छ ।   यो खेल नेपाली समय अनुसार राति ९स्१५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।   जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले ३ खेलमा २ हार र एक जित हासिल गरेको छ । अमेरिकाले यस सिरिजमा नेपाललाई पराजित गरेको थियो भने स्कटल्याण्डविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो । त्यस्तै अमेरिकाविरुद्ध हार बेहोरेको नेपालले स्कटल्याण्डलाई पराजित गरेको थियो । लिग(२ मा अहिलेसम्म अमेरिका ११ खेलमा १४ अंक हासिल गर्दै दोस्रो स्थानमा छ भने नेपाल…
Read More
पाकिस्तानका मोहसिनले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

पाकिस्तानका मोहसिनले जनकपुर बोल्ट्सबाट एनपीएल खेल्ने

काठमाडौं : जनकपुर बोल्ट्सले पाकिस्तानका क्रिकेटर मुहम्मद मोहसिनलाई टोलीमा अनुबन्ध गरेको छ।जनकपुर बोल्ट्सले नेपाल सुपर लिग (एनपीएल)का लागि मोहसिनलाई अनुबन्ध गरेको हो।जनकपुरले आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा अलराउन्डर मोहसिनलाई अनुबन्ध गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत जनाएको छ । २८ वर्षीय मोहसिनले ३० टी-२० खेल खेलेका छन् । जसमा उनले १७९ रन बनाउनुका साथै २२ विकेट लिएका छन् ।उनले पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग र अमेरिकाको मेजर क्रिकेट लिग खेलिसकेका छन् । जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निसम र अमेरिकाका युवा क्रिकेटर जोसुआ ट्रम्पलाई अनुबन्ध गरिसकेको छ।नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले…
Read More
टी-२० आई सिरिजको उपाधि नेपालले जित्यो

टी-२० आई सिरिजको उपाधि नेपालले जित्यो

  काठमाडौं-   नेपालले अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ। दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले एक खेलअगावै टी-२० सिरिजको उपाधि जितेको हो। सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै लक्ष्य पूरा गरेको थियो।
Read More
टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रन हरायो

टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रन हरायो

काठमाण्डौं- नेपालले अमेरिकालाई टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा १७ रनले पराजित गरेको छ।   टेक्ससको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा आज बिहान भएको खेलमा कप्तान रोहित पौडेलको ४९ रन र बलरको कसिलो बलिङमा अमेरिका १७ रनले पराजित भएको हो ।   अमेरिका १६५ रनको विजयी लक्षसहित मैदानमा उत्रिएको घरेलु टोली निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि श्याम जाहंगिरले नटआउट ६० रन बनाए पनि पर्याप्त भएन। अमेरिकाका एन्ड्रिज गौरले ३० रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय…
Read More
च्याम्पियनसिपको उद्घाटन खेलमा आज भारत र पाकिस्तान भिड्दै

च्याम्पियनसिपको उद्घाटन खेलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं-   सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ साफ महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ। प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ। एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन्। प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ। भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ। प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ।
Read More
साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौं- नेपालमा आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल एन्फाले जनाएको छ। आगामी कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा प्रवक्ता सुरेश शाहले पत्रकार सम्मेलनामा जानकारी दिए। प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भुटान र बङ्गलादेश सहभागी छन्। उक्त प्रतियोगिताको लागि पाकिस्तान, माल्दिभ्स र बङ्गलादेशको टोली नेपाल आइसकेका छन् भने भारत र भुटानको टोली भोलि काठमाडौं आइपुग्ने एन्फाले जनाएको छ। सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर्सको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको एन्फा प्रवक्ता शाहले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.