वैदेशिक रोजगारीमा जाने चितवनबाट उच्च
भरतपुर- श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जाने जिल्लाहरू मध्ये चितवन पहिलो रहेको छ। बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा यस वर्षमा १५ हजार आठ सय २३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृत लिएका छन्। श्रम स्वीकृत नलिई विदेश जानेको सङ्ख्या पनि उच्च रहेको वैदेशिक रोजगार एवं आप्रवासन र समी कार्यक्रमका कार्यक्रम संयोजक सूर्यप्रसाद पौडेले बताए। ‘चितवनबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिया, बेलायतलगायतका युरोपका देशमा जानेको सङ्ख्या बढी छ’, उनले भने, ‘विदेश नजाने घर भेट्नै मुस्किल हुन लागिसक्यो’, उनका अनुसार ‘भरतपुर महानगरपालिकामा मात्रै ३४ हजार पाँच सय घरधुरीका कुनै न कुनै व्यक्ति वैदेशिक रोजगारीमा गएका छन्।’ आर्थिक वर्ष २०७९र२०८० मा नेपालबाट सात…