के कारणले नेपालीहरु मलेसियाको जेलमा परेका छन् ?
काठमाडौं- वैध कागजातको अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ। प्रवासी नेपाली समन्वय समिति ९पिएनसीसी०, सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी ९सेस्लम० र शोसल साइन्स बहाःको एक अध्ययनले मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको देखाएको हो। कैदमा रहेका मध्ये कागजपत्रसम्बन्धी ६१ प्रतिशत, सहकर्मी वा रोजगारदातासँग झगडाका आठ प्रतिशत र आपराधिक गतिविधिसम्बन्धी कारणले तीन प्रतिशत श्रमिक पक्राउ परेको अध्ययनले देखाएको छ। पिएनसीसीले आइतबार पत्रकार सम्मेलन आयोजना गरी ‘मलेसियामा ठगी, गिरफ्तारी र थुनामा रहेका नेपाली आप्रवासी श्रमिक’ बारे अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो। अध्ययनले पिएनसीसीमा…