सकियो खिचरा महोत्सव : एकलाख बढीले गरे अवलोकन
खैरहनी - पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं ५ गौचरणमा आयोजना गरिएको १०औं खिचरा महोत्सव सोमबार सकिएको छ । माघी पर्वको अबसर पारेर थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले महोत्सवको आयोजना गरेको हो । पुुस २९ गतेबाट सुरु भएको सो महोत्सवको एक लाख ५ हजारले अबलोकन गरेको महोत्सव मुल समारोह समितिका संयोजक रामेश्वर चौधरीले जानकारी दिए । १५० वटा स्टल रहेको सो महोत्सव परिसरमा थारु समुदायको मिनी थारु गाउँ, परम्परागत खाना घोंगी र चिचर प्रतिमा निर्माण गरिएको संयोजक चौधरीले बताए । महोत्सव परिसरमा निर्माण गरिएको मिनी थारुगाँउ घोंगी र चिचर प्रतिमा आर्कषणको केन्द्र बनेका थिए ।…