आज केही स्थानमा हिमपातको संभावना
काठमाडौं- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भू-भागमा मौसम सामान्यतया सफा जनाएको हो। महाशाखाले हाल तराईका केही भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने जानकारी दिँदै महाशाखाले कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रहने पनि महाशाखाले जनाएको छ।