नवौं खिचरा महोत्सव पौष २८ देखि माघ १० गते सम्म
रत्ननगर । पूर्वी चितवनको खैरहनीमा नवौं खिचरा महोत्सव हरेक वर्ष झैँ पौष २८ देखि माघ १० सम्म हुने भएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजना रहेको महोत्सवले थारु संस्कृतिको जगेर्ना गर्नको निम्ति महोत्सब संचालन हुने शनिबार पत्रकार सम्मेलनको आयोजना गरि गराएको हो । माघी पर्व ,माघ १ गते थारु जातिको नव वर्षको रुपमा मान्ने गरेका छन् । थारु समुदायको साँस्कृक्तिक, भेषभुषा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक रामेश्वर चौधरीले बताए । प्रत्येक वर्ष माघ १ गते पर्ने खिचरा पर्वको पावन अवसरमा विगत नौ…