यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ, तीन जनाको उद्धार
चितवन- चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल एक नम्बर गेट अगाडिको एक होटलबाट यौनजन्य क्रियाकलापमा लगाउने दुई जना पक्राउ परेका छन् । त्यस्तै दुई नाबालिकासहित तीन महिलाको उद्धार गरिएको छ । उनीहरुलाई न्यु फेमिली होटल एण्ड लजबाट चितवन प्रहरीले बुधवार उद्धार गरेको हो । उद्धार गरिएका महिलाहरुलाई संरक्षण केन्द्रमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उद्धार गरिएका दुई नाबालिकाको उमेर १५ वर्ष रहेको छ भने एक महिलाको उमेर ३० वर्ष रहेको छ । नाबालिकाहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा प्रहरीले होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरेको रिजालले बताए ।…