आज मितिः २०८३ असार ३ गते

समाचार

स्पेनले जित्यो युरोकपको उपाधि

स्पेनले जित्यो युरोकपको उपाधि

काठमाडौं-   इङ्ग्ल्यान्डलाई २(१ गोलले हराउँदै स्पेनले जर्मनीमा आयोजित युरोकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार राति १२:४५ मा भएको फाइनल खेलमा इङ्ल्याण्डलाई पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधि जितेको हो। स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले एकरएक गोल गरे। स्पेनका विलियम्सले खेलको ४६औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। विलियम्सले लामिन यामलको पासमा गोल गरेका थिए। ७३औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर, निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा ओयार्जाबालले गोल गर्दै स्पेनलाई जित दिलाए। मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए।    
Read More
प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि हुने

प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि हुने

काठमाडौं-   प्रधानमन्त्रीमा पुष्कमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि शुक्रबार नै सरकार गठनको प्रक्रिया अगाडि बढेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको लागि आज साँझ ५ बजेसम्मको समय दिएका छन्। आज ५ बजेपछि नयाँ सरकार गठनको प्रक्रिया आरम्भ हुने राष्ट्रपति कार्यालयले जनाएको छ। शपथ भने सोमबार बिहान ११ बजे गर्न प्रस्ताव गरिएको छ। प्रधानमन्त्रीले शपथ लिएपछि सकेसम्म एकैपटक नभए दोस्रो पटकमा सरकारका सबै मन्त्रीको टुंगो लाग्ने नेताहरुले बताएका छन्। यसअघि २२ वटै मन्त्रालय दुई दलले मात्रै भागबन्डा गर्ने तयारी भएको थियो। तर, सरकारलाई अन्य साना दलले पनि समर्थन गर्ने भएका छन्। साना दललाई पनि तीनदेखि चारवटा मन्त्रालय दिनुपर्ने बाध्यता कांग्रेस…
Read More
सिमलतालमा खसेको बसका दुई यात्रुको शव भेटियो

सिमलतालमा खसेको बसका दुई यात्रुको शव भेटियो

नवलपुर – नारायणी नदी किनारमा शनिबार दिउँसो दुईवटा शव फेला परेका छन्। नवलपरासीको गैँडाकोट–७ गैरीस्थित नारायणी नदीमा दुई जना पुरुषको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन्। नदीले बगाएर ल्याएका अन्दाजी २५–३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटेको पाँच जनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए। पहिलो शवभन्दा करिब १० फिटको दूरीमा करिब १८-२० वर्षको देखिने अर्का पुरुषको…
Read More
आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं-   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ। विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा…
Read More
आज आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

आज आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।   श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो…
Read More
आजदेखि अण्डाको मूल्य बढ्यो

आजदेखि अण्डाको मूल्य बढ्यो

चितवन- आजदेखि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघको हिजो बसेको बैठकले आजदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागु गर्नका लागि चितवनलाई आधार मानेको छ ।   संघका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४९० रुपैयाँ पर्नेछ । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेट ५१० र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ पर्नेछ ।    
Read More
आज देशका केही स्थानहरूमा मेघ गर्जन सहित मध्यम वर्षा

आज देशका केही स्थानहरूमा मेघ गर्जन सहित मध्यम वर्षा

काठमाडौं-   जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।   राती भने देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका एक(दुई…
Read More
बाढीपहिरो र चट्याङबाट एक महिनामा एक सयको मृत्यु

बाढीपहिरो र चट्याङबाट एक महिनामा एक सयको मृत्यु

काठमाडौं-   देशमा मनसुन भित्रिएसँगै परेको अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपद्मा परी हालसम्म एक सय एक जनाले ज्यान गुमाएका छन् । गत जेठ २८ गते बिहान ९ बजेदेखि आज असार २८ गते बिहान ८ बजेसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए । उनले भने, “जेठ २८ गते बिहान ९ बजेदेखि आज बिहान ८ बजेसम्ममा बाढीपहिरामा परी एक सय एक जनाको मृत्यु, एक सय आठ जना घाइते र छ जना बेपत्ता भएका छन् ।” यसैगरी बाढीपहिरो तथा विपद्का कारण काठमाडौँमा एक जना,…
Read More
पहिरोले मुग्लिङ–नारायणगढ सडकखण्ड अवरुद्ध

पहिरोले मुग्लिङ–नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन- अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा मुग्लिङ–नारायणगढ सडकखण्ड पूर्ण अवरुद्ध भएको छ । कालीखोला, सिमलताललगायतका क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो । सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । बस त्रिशूलीमा बेपत्ता भएकोले खोजी कार्यमा समस्या भएको छ । पहिरो पन्छाउने कार्यको लागि लोडर मेसिन परिचालन गरिएको र जतिसक्दो छिटो पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। निरन्तर वर्षा भइरहेको र पहिरो खस्ने क्रम नरोकिएकोले सडक सुचारु गराउने कार्यमा बाधा उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले सडकको अवस्थालाई मध्यनजर…
Read More
पोखरामा पहिरोले घर पुर्याे, ७ जनाको मृत्यु, २ जना घाइते

पोखरामा पहिरोले घर पुर्याे, ७ जनाको मृत्यु, २ जना घाइते

काठमाडौं-   कास्कीको पोखरा–१९ पुरनचौरमा पहिरोले घर पुर्दा ७ जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्।   पहिरो जाँदा ७ जनाको ज्यान गएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। २ जनालाई घाइते अवस्थामा उद्धार गरेको उनले बताए। मृतक र घाइतेको परिचय खुल्न भने बाँकी छ।   सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण कास्कीबाट नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खटिएर उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।  
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.