आज मितिः २०८३ आश्विन ११ गते

ब्रेकिङ न्यूज

चितवनमा भाउजुको हत्या गर्ने एक जना पक्राउ

चितवनमा भाउजुको हत्या गर्ने एक जना पक्राउ

चितवन- चितवनमा भाउजु हत्या गरेको अभियोगमा ज्वाई ९नन्दको श्रीमान०लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ बर्षिया बिष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ बर्षीय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।   रानाभाटले भाउजुको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार असोज १९ गतेदेखि घरबाट हराइरहेकी बिष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो ।   घटना शङ्कास्पद भएपछि अनुन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेको उहाँले जानकारी दिनुभयो । टीकारामलाई…
Read More
इजरायलमा ड्रोन आक्रमणबाट ४ सैनिकको मृत्यु, सयौं घाइते

इजरायलमा ड्रोन आक्रमणबाट ४ सैनिकको मृत्यु, सयौं घाइते

एजेन्सी - उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक्षा बल ९आईडीएफ० ले जनाएको छ। हाइफाको दक्षिणमा २० माइल ९३३ किलोमिटर० टाढा रहेको सहर बिन्यामिनाको छेउमा रहेको बेसमा भएको आक्रमणमा सात सैनिकहरू गम्भीर घाइते भएको आईडीएफले जानकारी दिएको हो। तेल अभिभ र हाइफाको बिचमा रहेको क्षेत्रमा इजरायली रक्षा बल ९आईडीएफ० गोलानी ब्रिगेडको प्रशिक्षण शिविरलाई लक्षित गरिएको थियो । हिजबुल्लाहले आक्रमणको जिम्मेवारी लिएको छ । सशस्त्र समूहको मिडिया कार्यालयले बिहीबार दक्षिणी लेबनान र बेरुतमा इजरायली आक्रमणको जवाफमा आक्रमण गरिएको बताएको छ। समूहले उत्तरी इजरायलमा रहेको शिविरलाई…
Read More
पश्चिमी वायुको प्रभाव – वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव – वर्षाको सम्भावना

काठमाडौं- पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू(भागका एक–दुई…
Read More
दुबईमा अलपत्र दुई युवालाइ मिस्टर गुरुङ एण्ड द टिमले गर्यो उद्धार

दुबईमा अलपत्र दुई युवालाइ मिस्टर गुरुङ एण्ड द टिमले गर्यो उद्धार

दुबई - कालिकोटका लाल बहादुर र मीन बहादुर दशैको आशिर्वाद थाप्ने बेला दुबई उडे । गत ५ तारिख उडेका उनिहरुलाइ काठमाडौबाट सुस्मा गुरुङले अध्यागमन सेटिङ गरेर दुबई पठाएकी हुन । दुबई आएका उनिहरुलाइ सुस्माले तीन तीन लाख लिएर राम्रो कामको लोभमा फसाएको उनिहरुले बताए । उनिहरुलाइ सुस्मा पहिले देखि नै चिनेको तर कुन मेनपावर थाहा छैन । दुई फरक कम्पनिको भिषा भए पनि उनिहरुलाइ भिजिटको कागजात बनाएर सुस्माले उडाएकी हुन । दुबई एअरपोर्ट आए लगत्तै उनिहरु त्यही बसेको र त्यहाँ कसैले मिस्टर गुरुङ एण्ड टिमले उद्धार गर्छ भनेपछी उनिहरु सम्पर्कमा आएको टिम संचालक मिस्टर गुरुङले बताए । अलपत्र परेका उनिहरुलाइ…
Read More
उपत्यकाबाट करिब आठ लाख यात्रु बाहिरिए

उपत्यकाबाट करिब आठ लाख यात्रु बाहिरिए

काठमाडौं- उपत्यकाबाट अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँबाट बाहिरिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको थियो । महासङ्घका अध्यक्ष विजय स्वारले यस वर्षको दसैँमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए। “सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,” उनले भने, “उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दशैं मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।” उनका अनुसार शुक्रबारसम्म दसैँका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु…
Read More
बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

सुनसरी-   सुनसरी सदरमुकाम इनरुवा(४ का विनोद मेहताले दुई बिघा केराखेती गरेका थिए। सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पुर्‍यायाएपछि उनी चिन्तित छन्। उनले भने, ुआफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए। दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो। केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए। बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ। उनले भारतको मदरासबाट मदरासी९चिनिचम्पा० जातका केराको बीउ ल्याएर लगाएका थिए। यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उनले बताए। बाढीका कारणले सुनसरी सदरमुकाम…
Read More
दशैंमा मौसम सफा रहने

दशैंमा मौसम सफा रहने

काठमाडौं-   जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, मधेश र बागमती प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जारी गरेको मौसम ‘बुलेटिन’मा जनाइएको छ । विभागका अनुसार आज दिउँसो कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा…
Read More
राजधानीबाट दैनिक करीब एक लाख बाहिरिँदै

राजधानीबाट दैनिक करीब एक लाख बाहिरिँदै

काठमाडौं- काठमाडौं उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिएका छन् । उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ । विगत तीन दिनदेखि दैनिक एक लाखको हाराहारीमा यात्री उपत्यकाबाट बाहिरिएका बताउँदै उनले भने, “आइतबार र मङ्गलबारको तुलनामा अहिले यात्रा गर्नेको सङ्ख्या बढेको छ ।” दैनिक सरदर ३० हजार मानिस राजधानी प्रवेश गरेका छन् । नायब उपरीक्षक कार्कीले बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर र सीतापाइलामा सवारी र यात्रीको बढे पनि गत वर्षको दसैँमा जस्तो नाका पार गर्न घण्टौँ प्रतीक्षा गर्नु नपर्ने जानकारी दिए। हाल अरनिको राजमार्ग, त्रिभुवन राजपथ, पृथ्वी राजमार्ग…
Read More
भारतबाट २० वटा बेलीब्रिज ल्याउने सरकारी तयारी

भारतबाट २० वटा बेलीब्रिज ल्याउने सरकारी तयारी

चौतारा-   बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको छ। सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन्। उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए। सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुगेका थिए। गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्‍याएको क्षतिबारे छलफल भएको थियो । उनीहरु सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात…
Read More
चितवनमा चित्तल मारेर लैजान लागेका एकजना पक्राउ

चितवनमा चित्तल मारेर लैजान लागेका एकजना पक्राउ

चितवन- यहाँस्थित पञ्चकन्या सामुदायिक वन अगाडि रत्ननगर नगरपालिका–११ शीतल टोलमा दुईवटा चित्तल मारेर बोरामा लैजान लागेका एक जनालाई पक्राउ गरिएको छ । डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी देवी पौडेलका अनुसार कालिका नगरपालिका–६ घर भई वडा नम्बर ३ मा बसोबास गर्दै आएका ३१ वर्षीय उज्वल लामा पक्राउ परेका हुन् । निजको साथमा रहेको बोराभित्र दुईवटा मृत चित्तल राखेको भेटिएको थियो । पौडेलका अनुसार चित्तल गोली हानेर मारिएको हो ।   पक्राउ परेका लामासँगै अन्य चार मोटरसाइकल फेला परेको छ । उनीसँगै आएका मोटरसाइकलमा सवार केही व्यक्ति फरार भएका छन् । निजहरुले गोली हानेर चित्तल मारेको सूचनाको आधारमा सोमबार इलाका प्रहरी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.