आज मितिः २०८३ असार ६ गते

रवि भट्ट

1059 Posts
प्रदेश सांसद राजिव गुरुङ मनाङे पदमुक्त

प्रदेश सांसद राजिव गुरुङ मनाङे पदमुक्त

काठमाडौं- खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजिव गुरुङ (दिपक मनाङे) पदमुक्त भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजालसले उम्मेद्‌वार हुन समेत अयोग्य भएका उनी विवरण झुक्याएर सांसद भएको ठहर गरेको हो । उनलाई सुरुको दिनदेखि नै लागू हुनेगरी पदमुक्त गर्न माग भएकोमा सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला भएको मिति असार ४ गतेबाट लागू हुनेगरी पदमुक्त हुने निर्णय सुनाएको हो ।  
Read More
आज २०८२ असार ५ गतेको राशिफल

आज २०८२ असार ५ गतेको राशिफल

मेष - आफन्त विपक्षी कित्तामा पुग्दा तपाईंको कामको विरोध हुनेछ। चिसोबाट सचेत बन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने जोखिम छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। वृष - आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्छन्। स्वास्थ्यले साथ दिने दिन छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वदेशको भन्दा विदेश रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए स्वदेशमा भन्दा विदेशमा फाइदा हुनेछ। मिथुन - दिन समान्य छ। नियमित काम सहजै बन्नेछ। राज्यको तर्फबाट भने भय हुने दिन छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। छिमेकको शुभकार्य देखेर मन…
Read More
सीमा नाकामा कोरोनाको जोखिम, ‘हेल्थ डेस्क’ को व्यवस्था

सीमा नाकामा कोरोनाको जोखिम, ‘हेल्थ डेस्क’ को व्यवस्था

कञ्चनपुर- भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–)९० को जोखिम कायमै रहेको छ। पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ। सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो। “भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या थियो,” सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भने, “एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको छ।” सो नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको…
Read More
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

काठमाडौं- हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ। देशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बागमती, गण्डकी र कर्णाली प्रदेशको एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदलीदेखि पूर्णयता बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,…
Read More
नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ- त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई/दुई विकेट लिए । साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एकरएक विकेट लिए । पहिले ब्याटिङ गरेको…
Read More
आज चार प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

आज चार प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको…
Read More
चितवनको राप्ती नगरपालिका पूर्णखोप दिगोपना तथा सुनिश्चिता नगर घोषणा

चितवनको राप्ती नगरपालिका पूर्णखोप दिगोपना तथा सुनिश्चिता नगर घोषणा

चितवन - पूर्वी चितवनको राप्ती नगरपालिकालाई मंगलबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । राप्तीका १३ वटै वडाहरुबाट सम्पूर्ण प्रक्रिया पूरा गरी १६ देखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपको सुनिश्चितता पूर्णखोप तथा दिगोपना सुनिश्चितता घोषणा गरिएको हो । पूर्णखोप दिगोपना सुनिश्चितताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र खोप समितिका सदस्यसचिव एवम् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले राप्ती नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुन् । सो अवसरमा १३ वटै वडालाई पूर्णखोप वडाको प्रमाणपत्र प्रदान गरिएको छ । सो अबसरमा जिल्ला समन्वय समितिका…
Read More
तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सको जित

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सको जित

काठमाडौं- स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा कीर्तिमानी बनेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा तीनपटकसम्म सुपर ओभर पुगेको यो पहिलो खेल हो । यसअघि भारतको घरेलु क्रिकेटअन्तर्गत महाराजा टी–२० क्रिकेटमा हबिल टाइगर्स र बेंगलुर ब्लास्टर्सबीचको खेल तीनपटकसम्म सुपर ओभरमा पुगेको थियो । तेस्रो सुपर ओभरमा डच टोलीले एक रनको लक्ष्य पाएको थियो । जसलाई पहिलो बलमै छक्कासहित नेदरल्यान्ड्सले जित पक्का गर्‍यो । तेस्रो सुपर ओभरमा पहिले ब्याटिङमा आएको नेपालले रन नबनाई दुई विकेट गुमाएपछि डच टोलीले एक रनको लक्ष्य पाएको हो । यसअघि भएको पहिलो सुपर ओभर पनि टाइ भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको हो…
Read More
आज चार प्रदेशमा मध्यम वर्षा, दिउँसो ठूलो पानी पर्ने

आज चार प्रदेशमा मध्यम वर्षा, दिउँसो ठूलो पानी पर्ने

काठमाडौं- गएराति नवलपरासी, रुपन्देहीलगायत जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बाग्मती र गण्डकीका उच्च–पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। राति पनि यही सिलसिलाले निरन्तरता पाउने भएको महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले आसपासका खोला तथा नदीमा आकस्मिक बहाव बढ्नसक्ने भएकाले…
Read More
इजरायल र इरानमा रहेका नेपालीहरुलाई पराराष्ट्र मन्त्रालय र दूतावासद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

इजरायल र इरानमा रहेका नेपालीहरुलाई पराराष्ट्र मन्त्रालय र दूतावासद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

काठमाण्डौं- इरानसँगको युद्धका बिच इजरायली डिफेन्स फोर्सेसले जारी गरेको विज्ञप्तिमा जनतालाई सार्वजनिक स्थलमा जानबाट जोगिन, भिडभाडयुक्त ठाउँहरूबाट टाढा रहन र कुनै चेतावनी प्राप्त भएमा सुरक्षित स्थानमा जान तथा आधिकारिक नयाँ जानकारी नआएसम्म त्यहाँ नै बस्न आग्रह गरिएको छ । इजरायलको राष्ट्रिय आपत्कालीन सेवाका अनुसार इरानी आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ र सयभन्दा बढी घाइते भएका छन् । आइडिएफ र राष्ट्रिय आपत्कालीन सेवाले जारी गरेका सूचनाले इजरायलका सहरहरूको पछिल्लो भयानक अवस्था देखाउँछ । तीन दिनदेखि जारी युद्धमा इरानले इजरायलको राजधानी जेरुसेलम, तेलअभिभ, हाइफासहित मुख्य रणनीतिक केन्द्रमा मिसाइल आक्रमण केन्द्रित गरेको छ । इजरायली हमलामा इरानले पनि ठुलो क्षति व्यहोरेको छ । यस्तोमा इजरायल र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.